पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार २०:१०:८
१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको बताएका छन् । आज पशुपतिनाथ क्षेत्रमा श्री राधामाधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै उनले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताए ।
पशुपतिमा पूजाआजा र दर्शन सकेपछि केही समय वनकाली उद्यानविश्रामका लागि बगैँचामा मनमोहक वातावरणमा रमाउने गरी यस उद्यानलाई अझ व्यवस्थित गर्न जरुरी रहेको उनको भनाइ छ ।
“हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व रहेको छ”, उनले भने । राष्ट्रपति पौडेलले पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको वृहत्तर हितका लागि स्थापित स्वायत्त र अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले यस परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने बताए ।
पशुपति मन्दिर परिसरभित्रको सुरक्षा, सम्भार र विकासमा तल्लीन पशुपति क्षेत्र विकास कोषलाई वनकाली उद्यान हस्तान्तरण भएपछि अझ संरक्षण र विकास हुने उनको भनाइ छ । “पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ । स्वदेश तथा विदेशका तमाम हिन्दू धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व छ”, उनले भने ।
पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्नुपर्नेमा उनले सुझाव दिए । पशुपति क्षेत्रमा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ्, इन्टरनेट, सूचना बोर्ड, सुरक्षा व्यवस्था जस्ता आधारभूत र अत्यावश्यक सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबैको ध्यान जान जरुरी रहेको राष्ट्रपति पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार