प्रचण्डलाई ओलीको सुझाव,‘बोल्न सक्ने खुबी छ भने नेपाली सीमाबारे भारतसँग खुलस्त कुरा राख्नू’
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार २१:३१:११
१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पद धरापमा पर्ने डरले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सीमाका विषयमा जनतालाई केही जानकारी नगराएको भन्दै भारत भ्रमणमा गएका बेला नेपाली सीमाको अवस्था के छ भनेर खुलस्त खबर दिएर आउन सुभाव दिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न यसको वास्तविक तथ्य लिएर आउन भनेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै ओलीले ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्नुपर्ने बताए । उनले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । उनले भने, ‘यो सरकारले कमसेकम जमिनको बारेमा, हाम्रो भौगोलिक अखण्डताको बारेमा बोल्नुपर्छ । प्रधानमन्त्रीले बोल्नुस् हाम्रो भूमि के भइरहेको छ । कहाँ कहाँ के भएको छ खुलस्त भन्नुस् ।’
ओलीले विदेश भ्रमणमा जाँदा त्यहाँ बोल्न सक्ने खुबी प्रचण्ढमा नभएको भन्दै आफ्नो जमिनको दाबेदारीको कुरा गर्न जाँदा प्रश्न ताबेदारीको नभएर दाबेदारीको हुनुपर्ने बताए । नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता कमजोर स्थितिमा पुगेको उनले बताए । तर सरकार यसबारे चुप रहेको ओलीको आरोप छ । ‘हाम्रो भूमि खुम्चिँदो छ, हाम्रो सीमा मिचिँदो छ, सरकार मौन छ । किनभने यसमा बोल्यो भने सरकार धरापमा पर्न सक्दछ आफ्नो पद खतरामा पर्छ भनेर बोल्न डराउनेले देशको पक्षमा पनि काम गर्न नसक्ने ओलीको भनाइ छ ।
भुलबस अध्यक्ष ओलीको तस्वीर फरक पर्न गएकोमा सच्चाइएको छः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार