एनआइसी एशिया लघुवित्तको देशब्यापी वित्तीय साक्षरता कायक्रम सम्पन्न
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार २३:३:२७
१६ चैत, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्धन गर्दै “ग्लोबल मनी विक” भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाईने “ग्लोबल मनी विक” को एघारौ संस्करणका रुपमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि चालु चैत्र महिनाको ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा “प्लान योर मनी–प्लान्ट योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम सम्पन्न गरेको हाे ।
वित्तीय साक्षरता कार्यक्रमहरुमा हजारौको संख्यामा महिलाहरुको सहभागितामा सातै प्रदेश कार्यालय अन्तर्गतका उप प्रदेश तथा शाखा कार्यालयहरु मार्फत देशव्यापी रुपमा वित्तीय अनुशासन र चेतना अभिबृद्धि अभियान कार्यक्रमहरु आयोजना भई सम्पन्न भएकाे एनआईसी एशिया लघुवित्तले जनाएकाे छ ।
अभियान अन्तर्गत संस्थाले वित्तीय साक्षरता सम्बन्धी सचेतना मूलक श्रव्यदृश्य सहितका अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमका साथसाथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको ¥याली कार्यक्रम संचालन सम्पन्न गरेको छ र सो कार्यक्रमबाट समुदायस्तरका महिलाहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई समुदायस्तरका व्यक्तिहरुलाई आफ्नो आर्थिक व्यवस्थापन गर्नमा सहज वातावरण हुने विश्वासका साथ संस्थाले यस्था कार्यक्रम संचालन गरेको हो ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढि मुलुकहरुमा संचालन हुदै आएको “ग्लोबल मनी विक” मूलतः वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्धेश्यका साथ विश्वब्यापी रुपमा थालिएको अभियान हो र यसलाई सार्थक तुल्याउन संस्थाले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी ¥याली कार्यक्रम संचालन गरेको हो ।
“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरु सहित नेपाल भरी आफ्ना २८७ शाखाहरु मार्फत २००,००० भन्दा बढि न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यहरुलाइ गुणस्तरीय वित्तीय सेवा तथा गैह्रवित्तीय सेवा उपलब्ध गराउदै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार