लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै
नेपालबहस संवाददाता
चैत १६, २०७९ बिहिबार २३:४८:२
१६ चैत, काठमाडौं । मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ ।
विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन लागेको हो । कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरी ललितपुरमा २०८० को बैशाख १६ गते हुने जानकारी दिएको छ ।
यस वर्ष एक हजार पाँच सय विद्यार्थीले दीक्षित गर्न कार्यक्रम भाग लिने बताइएको छ । दीक्षान्त समारोहमा सहभागी हुनको लागि www.convocation.lucan.org.np मार्फत यहि चैत १६ गतेदेखि २० गतेसम्म दर्ता गर्न पाउने बताइएको छ । सन् २००२ मा मलेसियामा स्थापित लिंकन युनिभर्सिटीले नेपालमा पहिलो पटक फिनिक्स कलेज अफ मेनेजमेन्टलाई सन् २०१३ मा सम्बन्धन दिएको थियो ।
हाल लिङ्कन युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर काठमाडौं, ललितपुर, विर्तामोड, विराटनगर, बुटवल, पोखरा लगायतका शहरमा ११ वटा कलेजहरू सञ्चालित छन् । यी कलेजहरूले बिबिए, एमबिए र विएचए. प्रोग्रामहरू सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेश गइरहेको सन्दर्भमा लिंकन युनिभर्सिटी कलेजले नेपालभित्रै अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार