प्रिमियरमा ‘प्रेमा’लाई उत्साहजनक प्रतिक्रिया
नेपालबहस संवाददाता
चैत १६, २०७९ शुक्रबार ०:१८:३७
१६ चैत, काठमाडौं । शुक्रबारबाट रिलिज हुने फिल्म ‘प्रेमा’ले राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मीले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन् ।
फिल्म ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले फिल्म आफूलाई राम्रो लागेको बताइन् । उनले फिल्मको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको जनाइन् । ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले भनिन् ।
अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको खुलाए । ‘शुभेच्क्षा मेरो मनपर्ने कलाकार हो । उहाँको अभिनय अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा कहिँ कतै जोडिन्छ’, उनले भने ।
अभिनेत्री सन्ध्या केसीले फिल्मले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । ‘फिल्मका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ । फिल्मले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन् ।
फिल्मका अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ । किनकी फिल्म बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने ।
अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । ‘म अत्यन्त खुशी छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, शुभेच्क्षाले भनिन् ।
निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताए । ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने ।
निर्माता विवेक घिमिरेले फिल्मको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए । ‘मैले स्क्रिप्ट पढ्दा खेरी नै फिल्ममा लगानी गर्न मन लागेको थियो । आजको प्रिमियरपछिको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उनले भने ।
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो । फिल्ममा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया९काजु०को अभिनय छ । फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार