प्रधानमन्त्रीले आज मन्त्रिपरिषद विस्तार गर्दै, मन्त्रीहरुको शपथ ३ बजे
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १३:३०:५६
१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । बिहीबार सरकारमा सहभागि हुने दलहरुले मन्त्रीका नाम नदिएका कारण आज विस्तार गर्न लागिएको हो । सत्ता गठबन्धनमा रहेका दलहरुमा अहिले पनि पार्टीबाट मन्त्रीको नाम राख्ने र झिक्ने क्रम जारी छ । बिहीबार हुने भनिएको मन्त्रिपरिषदको विस्तार पनि यसैकारण रोकिएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ । मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु शुक्रबार टुंगो लगाइनेछ । अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालयमा विवाद नभएपनि अरुमा अझै हेरफेर हुने सम्भावना छ । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादीले लिने भएका छन् ।
मिलेका मन्त्रालयअनुसार दलहरुले नाम पठाउन ढिलाई गरिरहेका छन् । कांग्रेसले पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाममा पनि अझै हेरफरेको सम्भावना रहेको बताइएको छ ।यसमा परराष्ट्र र भौतिक पुर्वाधार मन्त्रालय फेरिन सक्ने सम्भावना छ । बिहीबार राती सम्म कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भने पनि यसका अझै नाम तलमाथि पार्ने खेल जारीछ ।
परराष्ट्र र रक्षा मन्त्रालयबारे कांग्रेसले आज निर्णय गर्नेछ । यसअघि सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी, २, जसपाले २, मन्त्रालय, जनमतलाई एक राज्यमन्त्रीसहित २, नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद, जसपाले शिक्षा र कृषि मन्त्रालय‚ लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार