मन्त्रिपरिषद विस्तारबारे राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १६:३२:२
१७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद विस्तार र सरकारले संसदमा ल्याउन लागेका विधेयकका बारेमा शीतलनिवासमा छलफल भएको छ । शुक्रबार बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न बिहान राष्ट्रपति कार्यालय पुगेका थिए ।
राष्ट्रपतिका प्रेस सहयोगी खिला कार्कीले दिएको जानकारी अनुसार सरकारले संसदमा दर्ता गराएका विधेयक र लाने तयारीमा रहेका विधेयकबारे पनि छलफल भएको थियो । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका परिवार छानविन आयोग गठन सम्बन्धी विधेयक, संवैधानिक परिषद गठन सम्बन्धि संशोधित विधेयक र नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा वर्षमान राजनीतिक घटना र सरकारका न्यनुतम साझा कार्यक्रमबारे पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका थिए । दलहरुबाट मन्त्रीको नाम आएपछि जतिसम्दो चाँडा मन्त्रिपरिषदलाई पुर्णता दिने तयारीमा प्रधानमन्त्री रहेका छन् । सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो ।
पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएपछि नेपाली कांग्रेस लगायतका दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा लागेका हुन् । तीन दलले सरकार छोडेपछि प्रधानमन्त्रीको जिम्मेवारीमा १६ मन्त्रालय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार