कर्णालीबाट ३८ हजार नौ सय परीक्षार्थी एसइईमा सहभागी
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १९:२९:४०
१७ चैत, कर्णाली । देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ मा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् । प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार यहाँका दश जिल्ला गरी १९ हजार तीन सय एक छात्र र १९ हजार तीन सय ७९ छात्राले परीक्षा दिइरहेका छन् । आज बिहान ८ बजेदेखि सुरु भएको एसईईमा यस प्रदेशमा एक सय ७९ परीक्षा केन्द्र सञ्चालनमा रहेको उनले बताए ।
दश जिल्लामध्ये ३२ परीक्षा केन्द्र रहेको सुर्खेतबाट नौ हजार एक सय ३९ परीक्षार्थी र चार परीक्षा केन्द्र रहेको डोल्पामा छ सय ९८ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका निर्देशक हमालको भनाइ थियो । चौबिस परीक्षा केन्द्र रहेको दैलेखमा पाँच हजार सात सय ३५ परीक्षार्थी सहभागी छन् ।
एक्काइस परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ६६, बीस परीक्षा केन्द्र रहेको जाजरकोटमा चार हजार छ सय ५६ र १७ परीक्षा केन्द्र रहेको जुम्लामा दुई हजार आठ सय ७७ परीक्षार्थी एसईईमा सहभागी भएको जनाइएको छ ।
त्यसैगरी २३ परीक्षा केन्द्र रहेको सल्यानबाट चार हजार नौ सय ८३ र तीन परीक्षा केन्द्र रहेको रुकुमपश्चिममा चार हजार दुई सय १६ परीक्षार्थी सहभागी छन् । छ परीक्षा केन्द्र रहेको हुम्लामा एक हजार दुई ३४ र सात परीक्षा केन्द्र रहेको मुगुमा एक हजार छ सय ६६ परीक्षार्थी सहभागी भएका छन् । कर्णालीमा कूल परीक्षार्थीमध्ये नियमिततर्फ ३७ हजार नौ सय र ग्रेड वृद्धितर्फ एक हजार ७० परीक्षार्थी रहेको निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार