लामो समय पछि पल शाहको नयाँ भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार २१:५०:१५
१७ चैत, काठमाडौं । लामो समय पछी अभिनेता पल शाहले अभिनय गरेको भिडियो तिमीसंगै हुँदा सार्वजनिक भएको छ । लोकप्रिय गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओेएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।
तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन । अभिनेता पल शाह कानुनी प्रकृया लम्बिदा लामो समय कुनै पनि भिडियो र फिल्ममा देखिएनन् । उनी कानुनी प्रकृया सकेर बाहिर आए लगतै दिनेश पाख्रिन निर्देशित भिडियोमा काम गरेका हुन ।
पहिले नै सम्झौता भए अनुसार पलले तिमीसँगै हुँदामा काम गरेका हुन । जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन् । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ ।
निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन । गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ । यस्तै तिमीसँगै हुँदालाई राम केसीले खिचेका हुन भने सम्पादन, कलर र भिएफएक्स टेकेन्द्र शाहको रहेको छ ।
चलचित्र निर्माता तथा निर्देशक समेत रहेका दिनेश पाख्रिनले तिमीसँगै हुँदाको भिडियोलाई धेरै लगानीमा निर्माण गरेको बताएका छन् । गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ । गीतले आन्तरिक पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको छ ।
पल शाहले लामो समय पछी भिडियोमा अभिनय गरे बापत ३ लाख पारश्रमिक लिने बताएका छन् । निर्देशक पाख्रिनले भने पहिले नै सम्झौता हुँदा झण्डै ३ लाख नजिक पारश्रमिक दिएको बताएका छन् । पलले यसपछी होम प्रोडक्शनको भिडियोमा काम गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार