मिटरब्याज पीडितको समस्या सुल्झाउन उच्चस्तरीय आयोग बनाइँने
नेपालबहस संवाददाता
चैत १८, २०७९ शनिबार १७:१२:३८
१८ चैत, काठमाडौं । सरकारले मिटरज्याज पीडितका समस्या समाधानका लागि उच्चस्तरिया आयोग गठन गर्ने भएको छ । शनिवार मिटरव्याजी पीडित र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा आयोग बनाएर समस्याको समाधान गर्न उच्चस्तरिय आयोग बनाएर दोषीमाथि कारवाही गरिने प्रतिबद्धता जनइएको छ । न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रचण्डले अब ऐन बनाउने काम सरकारले गर्ने र कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गरिने बताए । उनले गृहको टोलीसँग बार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् । मिटरब्याज समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग बनाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको बताउँदै उनले न्याय पाइन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे । प्रधानमन्त्रीले मिटरब्याजपीडितहरूका समस्या दीर्घकालीन समाधानका लागि सरकारले ऐन निर्माणको काम थालिसकेको बताए ।
मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको भन्दै प्रचण्डले यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था नभएकाले मिटरब्याज पीडितहरुलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको व्यवस्था गर्न लागिएको बताए । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस र उनीहरुमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
बालुवाटार पुगेका पीडितहरूले १० लाख ऋणको २७ लाख तिर्दा पनि साहुले शारीरिक यातनासहितका कष्ट दिएको सुनाएका थिए । प्रधानमन्त्री प्रचण्डले सुरुदेखि नै आफूले गृह मन्त्रालयलाई यो मुद्दालाई सम्बोधन गर्न निर्देशन दिएको बताए । साहुकारहरूको विभिन्न सरकारी तह र राजनीतिक तहमा पनि साँठगाँठ भएकोमा आफू जानकार रहेको उल्लेख गर्दै उनले फिल्डमै गएर कारबाही गर्न सक्ने आयोग बनाइने बताए ।
प्रचण्डले भने, ’साहुकारहरूको राज्यका विभिन्न निकायमा रहेका केही व्यक्तिसँग साँठगाँठ रहेकाले आफ्नाो पावर प्रयोग गरेर अत्याचार गरिरहेका छन् । तत्काल फिल्डमा गएर उच्चस्तरीय आयोग बनाएर कारबाही गर्न सक्ने आयोग बनाइन्छ । त्यसलाई ¥यापिड एक्सन फोर्सजस्तो आयोग बनाइन्छ । त्यसले सिधै मान्छेलाई बोलाउने र पुर्जी काटेर कारबाही गर्ने काम हुन्छ । खालि फिल्डमा गएर रिपोर्ट बनाउने बुझाउने मात्र काममा हुनुहुँदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार