कोशीमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिकामा पुड्कोपन
नेपालबहस संवाददाता
चैत १८, २०७९ आइतबार २:४७:२५
१८ चैत, बनियानी । कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको पाइएको छ । झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको जानकारी दिए ।
त्यस्तै १३ प्रतिशत बालबालिकामा कम तौलको समस्या र चार प्रतिशत ख्याउटेपनबाट ग्रसित भएको उनले बताए । “नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण धेरै छ”, उनले भने, “जसका कारण बालबालिकाको चौतर्फी विकास हुनसकेको छैन ।” उनले नेपालमा २५ प्रतिशत पुड्कोपन, आठ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत बालबालिका कम तौलका रहेको बताए ।
बालबालिका धेरै कुपोषित भएको र यसलाई निराकरण गर्न पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उनले जोड दिए । कृषि, पशुपक्षी, शिक्षा, खानेपानी, महिला तथा बालबालिकासँग सम्बन्धित क्रियाकलापसँगसँगै पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यका साथ योजना आएको बताउँदै उनले यस कार्यक्रमले बालबालिकासँगै किशोरी तथा महिलाको पोषणको अवस्थामा समेत सुधार ल्याउने बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईँले पोषणको कुरा सामान्य लागे पनि महत्वपूर्ण विषय रहेको बताए । “कुपोषित बालबालिकाकाको समुचित शारीरिक तथा मानसिक विकास हुन सक्दैन”, उनले भने, “राम्रो समाज निर्माणका लागि राम्रो जनशक्ति आवश्यक हुन्छ, बच्चालाई आमाको गर्भमा हुँदादेखि नै कुपोषित हुनबाट बचाउनु पर्छ ।”
नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक घिसिङ र नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार