नेपालमा बढ्दो विदेशी सेनाको मोह, वैशाखमा १२ जना आउने
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार १४:३७:५७
१९ चैत, काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । केही वर्षअघिदेखि नेपाली सेनाले भारतीय स्थल सेना, अमेरिकी सेनासँगको संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । भारतीय सेनासँग ‘सूर्यकिरण’ सम्पन्न गरेलगत्तै अब नेपालमै विभिन्न मुलुकका सैनिक अधिकृतहरु तालिम लिन आउने भएका छन् ।
गत माघमा अमेरिकी सेनासँग एक्स–टेक नेल–२३–३०११ नाम दिइएको संयुक्त अभ्यासमा उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार, जल उद्धार, हवाई उद्धार सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने गरी संयुक्त अभ्यास गरेको थियो। जसमा ४५ जना नेपाली सैनिक र १९ जना अमेरिकी सैनिक सहभागी थिए ।
संयुक्त अभ्यास काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा माघ १९ गतेसम्म चलेको थियो । नेपाली सेनाले अमेरिका सहित भारत र चीनसँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको थियो । लामो समयदेखि अमेरिका र भारतसँग मात्र यस्तो अभ्यास हुँदै आए पनि २०७३ देखि भने चीन समेत जोडिएको थियो ।
अहिले नेपाली सेनाले बहुपक्षीय सैनिक अभ्यास पनि आयोजना गर्दै आएको छ । शान्ति स्थापनामा अनुभव भएका मुलुकलाई समेटेर सेनाले बहुपक्षीय सैन्य अभ्यास चलाउने गरेको छ । यस्ता अभ्यासबाट सेनाको क्षमता अभिवृद्धि हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध कसिलो हुन पनि मद्दत पुग्ने सेनाले जनाएपनि विदेशी सेनाको नेपालप्रति मोह बढ्दो रहेको छ ।
नेपाली सेनाले आउदो वैशाख ४ गतेदेखि स्टाफ कलेज कोर्षका लागि आवेदन खुलाउदैछ । त्यसक्रममा माल्दिभ्स, दक्षिण अफ्रिका, पाकिस्तानलगायतका देशबाट सैनिक अभ्यासका निम्ति १० देखि १२ जना अफिसरहरु आउने भएका छन् ।
अहिलेबाटै पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा जारी अलग्गै तालिममा देशभरका सैन्य गुप्तचर सहभागी भएका छन् । मिशनमा जाने सेनाले गुप्तचरीमा पनि दखल राख्नुपर्ने कारण उक्त तालिम चलाइएको हो । अमेरिकी सरकारको सहयोग रहेको ग्लोबल पिस अपरेशन इनिसिएटिभ (जिपिओआई) द्वारा पाँचखालमा फागुन २९ देखि उक्त तालिम जारी रहेको नेपाली सेनाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिशनअन्तर्गतको उक्त इन्टेलिजेन्स तालिम (युएनएमपिकेआई) मा प्रमुख सेनानीमध्ये चरक बाहिनीबाट लोकेश केसी, जबरजंग गणबाट अरुण कार्की, नीति तथा योजना निर्देशनालयबाट सुवर्ण खड्का, पूर्वी पृतना तालिम शिक्षालयबाट प्रल्हाद थापा, भैरववाहन गुल्मबाट सन्तोष केसी सहभागी छन् ।
सेनानीहरुमा सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयबाट अरुण थापा, वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रबाट सरोजकुमार बस्नेत, सैनिक आवासीय महाविद्यालय, धनगढीबाट प्रवेश दाहाल, नं. १९ बाहिनी अड्डाबाट उषा कार्की, चरक बाहिनीबाट कृष्णकुमार लिम्बू, मकर गणबाट चरक बाहिनीतर्फ काजमा रहेका अमित महर्जन, नयाँ रणभीम गुल्मका अजित थापा, पुष्पक गणका सविन केसी, इन्टेलिजेन्स कोरका दिपेश खड्कासहित सहसेनानीहरुमा रणदल गुल्मका विश्वमणि कार्की, विनायक दल गणका सञ्जय तिमल्सिना, शिक्षालयस्थित इन्टेलिजेन्सबाट राजकुमार थापा, नं. २४ बाहिनीबाट राजन जिसी र इन्टेलिजेन्स महाविद्यालयबाट हेमन्त खड्का सम्मिलित रहेको सेना स्रोतले जनाएको छ ।
केही दिन आएको अमेरिकी सेनाल अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण टोलीमा संलग्न ११ सदस्यीय अमेरिकी टोली नेपाल आएर त्रिभुवन विमानस्थलको कुना–कुना अवलोकन गरेको छ भने गतसाता आएको अर्को टोलीले सेना र सशस्त्रलाई सीमापार अपराध नियन्त्रणका निम्ति आवश्यक सहयोग दिने बचनबद्धता व्यक्त गरेको हिडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार