आजदेखि खुल्यो मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार १४:४०:३९
१९ चैत, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गरेको छ ।
यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ८० हजार कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता शेयर छुट्याइएको छ भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा चैत २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । कम्पनीका अनुसार उक्त अवधिसम्म सबै शेयर बिक्री नभए २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरिसकेको छ ।
यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार