सानेपामाभित्र केन्द्रीय समित बैठक, बाहिर नेविसंघको नाराबाजी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार १७:१०:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-1_Fh6IXoGoze.jpg)
१९ चैत, काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमति बैठकमा भाग लिने आउने पार्टी सभापतिदेखि कोन्द्रीय सदस्यहरुलाई लक्षित गरी नेविसंघका कार्यकर्ताहरुले नाराबाजी गरेका छन् । उनीहरुले मुलतः कांग्रेस नेतृत्वसँग नेविसंघको महाधिवेशन बोलाउनुपर्ने माग राखेका छन् । आगामी बैशाख १० हुने उपनिर्वाचनका विषयमा छलफल कांग्रेसले बैठक बोलाएको हो ।
विहान १० बजेका लागि बैठक बोलाइएपछि ११ बजेसम्म नेताहरु आउनेक्रम जार ीथियो । पार्टी कार्यलय छिर्ने रोड र मूल गेट अगाडी नेविसंघका कार्यकर्ताको नारवाजी चलिरहेको छ । सभापति शेरबहादुर देउवासहित नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय बैठकमा आउने क्रममा उनहिरुले नेविसंघको अधिवेनस तत्काल गर्न र अध्यक्ष दुजाङ शेर्पालाई हटाउन माग गरेका छन् । नेविसंघको महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेका नेविसंघका कार्यकर्ताले पार्टीको बैठकमा पुग्ने नेताहरूका अघिल्तिर नाराबाजी जारी राखेका छन् ।
नेविसंघको केन्द्रीय महाधिवेशन तत्कालै हुनुपर्ने उनीहरूको माग छ । सभापति देउवाले तत्कालीन नेतृत्वले महाधिवेशन गर्न नसकेपछि विघटन गर्दै गत वर्ष ९ चैतमा एक वर्षभित्र महाधिवेशन गर्ने गरी नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । तर अहिलेसम्म उनको कार्य समितिले पूर्णतासमेत पाउन सकेको छैन ।
दुजाङ एक्लैले नेविसंघको महाधिवेशन गराउने गरी जिल्ला अधिवेशनहरू समेत गराउन सकेका छैनन् । उनलाई दिइएको म्याद समेत एक साताअघि नै सकिसकेको छ । दुजाङको कार्यकाल सकिँदासम्म पनि महाधिवेशन नभएको भन्दै नेविसंघ कार्यकर्ताले महाधिवेशन हुने बातावरण सुनिश्चित गर्न माग गरेका हुन् । शनिबारदेखि रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौतले रिले अनशनसमेत थालेका थिए । दुजाङ शेर्पाको म्याद सकिएकाले उनलाई पदबाट हटाउनुपर्ने र नयाँ व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
कांग्रेस केन्द्रीय समति बैठकका ेआजको मख्या एजेण्ड बारा–२ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा केन्द्रित छ । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारीमा छन् भने उनले आफूलाई गठबन्धनको उम्मेदवार बनाउन शीर्ष नेताहरुमाझ यसअघि नै छलफल गरिसकेका छन् । नेताहरु आफैं उम्मेदवार उठाएर पार्टीको संगठनको मत संरक्षण गर्ने वा उपेन्द्रलाई सघाउने भन्नेबारे छलफलमा छन् । सभापति शेरबहादुर देउवाले बारा–२ मा उम्मेदवारीसहित समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए ।
बैठकमा बारा–२ मा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए । ’बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी हुने कुरा छ । तर गठबन्धनमा उनैलाई आधिकारिक उम्मेदवार बनाउने वा नबनाउने भन्ने विषयमा अहिलेको बैठकमा छलफल हुन्छ,’ ती पदाधिकारीले भने, ’पार्टीबाटै उम्मेदवारी दिनुपर्छ भन्ने माग चर्को छ । हुन त सभापतिजीले उपेन्द्रलाई वचन दिइसकेको पनि हुन सक्नुहुन्छ । तर त्यसबारे जिल्लाका साथीहरुसँग परामर्श गरेर अन्तिम निर्णय लिने तयारी छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार