ग्रेटर नेपालले माग्यो चीनको नैतिक समर्थन
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार १७:३८:२२
१९ चैत, काठमाडौं । सी चिनफिङ तेस्रो कार्यकालका लागि जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा चयन भएकामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाई ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ ।
हङकङ र मकाओको शान्तिपूर्ण एकीकरण गरी चीनले आफ्नो राष्ट्रिय एकतालाई थप सुदृढ बनाएको ऐतिहासिक घटनालाई नेपालीले अत्यन्त चासोका साथ हेर्दै र समीक्षा गर्दै आइरहेको र यो नेपालीका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहको छ भन्दै मोर्चाले यसैबाट प्रेरित भई सन् १८१६ मार्च ४ मा नेपालले गुमाएको ६०००० वर्ग किलोमिटर भन्दा बढी जमिन फिर्ता लिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उठाएको आवाजतिर चिनियाँ राष्ट्रपतिको ध्यानाकर्षण गर्न चाहेको उल्लेख गरेको छ । मोर्चाले राष्ट्रपति सीसमक्ष यसलाई कसैको विरोधका रूपमा होइन नेपालीमात्रको अन्तरात्माको आवाजका रूपमा लिइदिन अनुरोध समेत गरेको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले मोर्चा एक चीन नीतिप्रति सधैँ दृढ रहँदै आएको बताउँदै चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सीको चयन चिनियाँ जनताका लागि जति हर्षको कुरा हो, नेपालीका निम्ति पनि उत्तिकै रोमाञ्चक घटना हो भनेको छ । नेपाल र चीनबीचको मित्रता सगरमाथाजस्तै उच्च र नीलो आकाशजस्तै खुला हुनुपर्छ भन्ने धारणा राखेको बताउँदै मोर्चाले नेपाल र चीन एकअर्कामा अनन्य मित्र रहेसम्म कसैले केही गर्न सक्तैन भन्ने आत्मविश्वासलाई सधैँ कायम गर्नेतर्फ नेपाल र चीनले अलिकति पनि कसर बाँकी राख्न हुँदैन भन्ने कुरामा जोड दिएको छ ।
इन्डियासँग सम्बन्ध बिगार्नसक्ने यस विषयमा चीनको समर्थनको अपेक्षा गर्नु कति व्यावहारिक छ भन्ने प्रश्नको उत्तरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हङकङ र मकाओ फिर्ता लिनसक्ने चीनले ग्रेटर नेपालका पक्षमा नैतिक समर्थन गर्ने आशा गरेको बताउँदै आफूले चीनसँग पैसा र हतियार होइन समान विषयमा उस्तै धारणाको अपेक्षामात्र गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार