मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंन सुरु
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार १९:४९:२७
१९ चैत, दोधारा चाँदनी । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ । सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो ।
“मध्यम जोखिम भएका क्षेत्रका झुल वितरण गरेका छौँ”, भट्टले भने, “सरकारको योजनाअनुसार सन् २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यले काम भइरहेको छ ।” त्यसैगरी भीमदत्तका वडा नं ९, १० र बेदकोट नगरपालिकाका वडा नं १, २ र ६ का सबै नागरिकलाई झुल वितरण गरिएको छ ।
कञ्चनपुरमा चालु आर्थिक वर्षमा २१ मलेरियाका बिरामी फेला परेका छन् । तीमध्ये १६ बाहिरबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएको भट्टले बताए । त्यसमध्ये छ जनामा कडा खाले मलेरिया देखिएको छ भने अन्य १४ मा कम कडा भएको मलेरिया देखिएको निरीक्षक भट्टले बताए ।
“जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो मलेरिया देखिने गरेको छ”, उनले भने, “पछिल्ला वर्षको तथ्याङ्क हेर्दा जिल्लामा बिरामीको सङ्ख्या घट्दै गएको छ ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विबक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखा परेका जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार