सरकारले निवानीका विषयलाई गम्भीरता देखाउनुपर्योः पौडेल
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २०:१८:३
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर घटना र समस्या देखापर्दा राज्यसमेत निहुँरिनुपर्ने अवस्था आएको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न पहल थालिनुपर्ने बताए ।
उनले कुनै जहाजको पांग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखापरेको भन्दै यो नेपालकै लागी लज्जाको विषय भएको बताए । व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढी दुर्घटना हुने गरेको भन्दै उनले त्यसलाई किन गम्भीरतापूर्वक नलिएको भनी सरकारलाई प्रश्न समेत गरे ।
उनले हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरे पनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखबरजस्तै बन्नु दुःखद भएको बताए । पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भीर त्रुटिहरू देखिएका र जहाजको पांग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति दुखद भएको बताए ।
उनले भने, ‘हिजो मात्रै नेपाल वायुसेवा निगमको विमान दुबईबाट काठमाडौं उड्नै लाग्दा पाइलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे । पछिल्लो रिपोर्टले प्रस्ट भन्छ– नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारणभन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढी दुर्घटनाहरू हुन्छन । तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखबरजस्तै छ,” उनले भने, “सभामुख महोदय, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन् । तर, हाम्रोमा यस विषयलाई किन गम्भीरतापूर्वक लिइँदैन ? यसै त नेपालको हवाई क्षेत्र गम्भीर सुरक्षा चासोको विषयबाट हटेको छैन । त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ । त्यसैले यस सम्मानित संसद्मार्फत म सरकारलाई आग्रह गर्न चाहन्छु– हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भीरपूर्वक लिइयोस् । उचित व्यवस्थापनका लागि दिगो समाधान खोजियोस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार