पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ : डा. केसी
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २०:३३:९
१९ चैत, गण्डकी । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा उनले व्यक्तिव्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताए ।
परिस्कृत बन्न सङ्गठित हुनु जरुरी रहेको बताउँदै उनले पार्टीलाई गाली गरेर बस्नुभन्दा सङ्गठित बन्दै वैचारिक बहस बढाउनुपर्नेमा जोड दिए । आगामी जेठ २ र ३ गते हुने समाजको अधिवेशनमा सबै क्षेत्र समेटेर जिल्लाबाट प्रतिनिधित्व गराउन उनले आग्रह गरे ।
समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक, आर्थिक, राजनीतिक एवं राष्ट्रिय महत्वका विषयमा समाजले स्पष्ट धारणा तयार गरी लिखितरुपमा पनि पार्टीलाई दिनुपर्ने बताए ।
समाजका कास्की अध्यक्ष डा वीरबहादुर कार्कीले पछिल्ला समयमा कांग्रेसमा योगदान गर्ने ओझेलमा पर्ने गरेको बताउँदै योगदान तथा क्षमताको मूल्याङ्कन नगर्दा पार्टी सङ्गठन कमजोर बन्दै गएको बताए ।
उक्त अवसरमा समाजका केन्द्रीय सचिव डा. वासुदेव भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका सदस्य गङ्गाधर पराजुली, समाजका उपाध्यक्ष शिशुकला पराजुली, सचिव भीम न्यौपाने, कोषाध्यक्ष ज्योतिबावु पौडेल लगायतले कांग्रेसलाई वैचारिकरुपमा प्रष्ट बनाउन समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार