रवि लामिछाने र पूर्व आईजीपी सर्वेन्द्र खनाल बिरुद्ध सर्वोच्चमा रिटका चाङ
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २३:१८:२१
१९, चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ को उपनिर्वाचनमा उम्मेदवार बन्ने पक्का भइसकेको छ भने नेपाल एमालेले पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई तनहुँ १ बाट उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेको छ । निर्वाचन कानुनले उम्मेदवार बन्न फौजदारी अभियोग नलागेको व्यक्ति मात्र उम्मेदवार हुनुपर्ने भनेको छ । कानुनले फौजदारी अभियोग लाग्नु वा प्रमाणित हुनुपर्ने भन्ने विषयसँग सम्बन्ध राख्ला । तर, यी दुई उम्मदेवार बन्ने पक्का भइसकेपछि सर्वोच्च अदालतमा एउटा रिट परेको छ भने अर्को तयारीमा छ ।
लामिछानेबिरुद्ध सर्वोच्च अदालतमा आइतबार नै रिट परेपनि प्रशासनले दर्ता गरेको छैन । अर्का उम्मेदवार सर्वेन्द्र खनालविरुद्ध पनि व्यक्ति बन्धक र अपरहणसँग सम्बन्धित रिट दर्ता हुने तयारीमा छ । रास्वपाका सभापति लामिछानेको नागरिकतासम्बन्धी रिटले यसअघि सोही क्षेत्रबाट चुनाव जितेर आएको सांसद पद खारेज गरिदिएको थियो भने अहिले नेपाल प्रहरी, सरकारी वकिलको कार्यलय र महान्यायधिवक्ताको कार्यलय लगायतका निकायलाई विपक्षी बनाएर रिट हालिएको छ । यो रिट दर्ता गर्ने कि नगर्ने भन्ने अधिकार पनि सर्वोच्चकै हातमा छ ।
रास्वपाका सभापति लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो । रिट दर्ता गर्ने-नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जवाफ दिएको छ । आइतबार अधिवक्ता युवराज पौडेल (सफल) ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका हुन् । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । सांसद पदको योग्यतासम्बन्धी मुद्दा भने टुंगिइसकेको छ ।
यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । रिटमा यी सबै विपक्षी बनाइएका छन् । प्रहरीले छानबिनपश्चात् लामिछानेले राहदानी लिएको भएपनि त्यसको प्रयोग नगरेको झुटो विवरण दिदै मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो । सोही रायलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो । यो विषय अब के हुन्छ सर्बोच्च निर्णयमा भर पर्ला ।
अर्को केही कानुन व्यवसायीहरुले एमाले तनहुँका उम्मेदवार पुर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबिरुद्ध पनि रिट दिने तयारी गरिरहेको समाचार बाहिर आएको छ । स्रोतका अनुसार पूर्ण कागजात जुटाउन समय लागेकाले रिट दर्ता भइसकेको छैन् । यसमा केही राजनीतिक व्यक्तिहरुको साथ रहेको बुझिएको छ । घटना २०७७ को सांसद अपरहण प्रकरणको हो । यसमा पूर्वआईजीपी खनाल मुछिएका थिए । खनालले नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठसँग महोत्तरी गएर समाजवादीका सांसद यादवलाई अपरहण गरेर काठमाडौं ल्याएको विषयले राजनीतिक तरंग नै ल्याएको थियो । यसै काण्डमा पुर्व प्रशासक भीम उपाध्याय पक्राउसमेत परेका थिए ।
सामाजिक सञ्जाल दुरुपयोगको अभियोगमा पूर्वसचिव भीम उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेर उनीमाथि विद्युतीय कारोबार ऐनले बर्जित गरेका सामग्री फेसबुक र ट्विटरमार्फत सार्वजनिक गरेको अभियोग लगाइएको थियो । उपाध्यायले केही समय प्रहरी हिरासतमै बिताए । यसबिरुद्ध पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि नेपाल प्रहरीका एक पूर्व आईजीपीमाथि आफ्ना सांसद डा। सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको आरोप लगाएका थिए ।
पार्टी विभाजनको सम्भावित हल्ला चलेपछि यादवलाई प्रहरी लगाएर जबर्जस्ती काठमाडौं ल्याइएको आरोप लगाइएको उनको आरोप थियो । उनले संकेत गरेका ती प्रहरी अधिकारी अहिले उम्मेदवार बन्ने तयारीमा रहेका सर्वेन्द्र खनाल नै थिए । पूर्वआईजीपी खनालले नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठसँग महोत्तरी गएको, समाजवादीका सांसद यादवको घरमा गएर खाना खाएको र उनलाई अपरहण गरेर काठमाडौंको होटलमा राखिएको बताइएको थियो ।
सो समयमा महानगरीय प्रहरी परिसर टेकुमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरि काठमाडौं ल्याएका तीन जनाविरुद्ध जनता समाजवादीले किटानी जाहेरी दिएको थियो । त्यो विषय अहिले ओझेलमा छ । उनीहरु किटानी जाहेरीका लागि नवगठित जनता समाजवादीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु उजुरी दिन टेकु पुगेका थिए । प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन गर्न विवादास्पद अध्यादेश ल्याएपछि समाजवादी पार्टी फुटाउन सांसद संख्या पुर्याउने उद्देश्यसहित सांसद यादवलाई काठमाडौं ल्याइएको थियो ।
सो प्रकणसँगै समाजवादी पार्टी फुटाउने प्रधानमन्त्री ओलीको योजना असफल भएपछि विवादास्पद अध्यादेशहरु पनि फिर्ता लिन प्रधानमन्त्री ओली बाध्य भएका थिए । यो घटनाले २०७७ वैशाख १० गते बुधबार नेपालको राजनीतिक वृत्तमा एउटा अनौठो दिन बनेको थियो । समय सान्दर्भिक थियो कि थिएन तर, उक्त घटना क्षणभरमै सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा छरपस्ट छरियो । मुलुकको कार्यकारी प्रमुख नै अपहरणकारीको योजनाकार बनेको आरोप ओलीले पहिलो पल्ट खेपेका थिए ।
तर, मुलुकको कार्यकारी प्रमुखलाई एउटा राजनीतिक दलले आफ्ना कार्यकर्ता अपहरण गरेको आरोप लगाइरहँदा राज्यका संयन्त्र चुपचाप थिए । यो एउटा समाचारको विषय मात्रै थिएन सामान्य अवस्थामा कसैले आफन्त वा चिनजानका व्यक्तिको अपहरणको सानो सूचनाकै भरमा सीमित सुराकीबाट समेत सुरक्षा निकायले तत्काल खोजी र उद्धार गर्नुपर्ने अवस्थाको थियो । नेपाल प्रहरीका पूर्वप्रमुखको प्रत्यक्ष निगरानीमा सरकारबाटै उनलाई काठमाडौँ ल्याइँदै गरेको सूचना चुहिसक्दा पनि राज्यले घटनाबारे बोल्न आवश्यक ठानेको थिएन । अब रिट पर्ने छ । यसमा सर्वोच्चले के बाल्छ, त्यो हेर्न बाँकी नै छ ।
त्यस्तै खनाल महानिरीक्षक हुँदा प्रहरी शक्तिको दुरूपयोग गरी सर्लाहीमा विप्लवका कार्यकर्ताको हत्या अभियोगमा मानव अधिकार आयोगले दोषी ठहर गर्दै मुद्धा दायर गर्न सरकारलाई आदेश दिएको छ । अब त्यो केस पनि उठाउन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार