शहिदको कुश बनाएर परिवारले अन्तिम संस्कार गर्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २३:२:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/sahid_TqgBLnSlJI.jpg)
१९ चैत, गोरखा । सरकारले राष्टिय शहिद घोषणा गरेको गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ हिडीटारका चन्द्रप्रसाद खनालका परिवारले कुशको शव बनाएर आफ्नो मान्छेको अन्तिम संस्कार गरेका छन् । २०५८ साल मंसिर १६ गते घर नजिकैको खेतबाट दाँही गरिरहेको अवस्थामा तत्कालिन शाही सेनाले कथित माओवादीको आरोपमा पक्राउ गरी बेपत्ता बनाएको थियो ।
बुवा बेपत्ता बनाएको लामो समयसम्म केही प्रमाण प्राप्त होला कि भनेर आफूहरुले अन्तिम संस्कार नगेको भएपनि अब सरकारले शहिद घोषणा गरेका कारण अब अन्तिम संस्कारका लागि लम्बाउन आवश्यक नठानेर संस्कार गरिएको पत्रकार समेत रहेका चन्द्रप्रसाद खनालका कान्छा सुपुत्र कृष्णउदास खनालले बताए ।
राज्यले अहिलेसम्म पनि शहिदको अवस्थाका बिषयमा जानकारी नदिनु बिडम्बना भएको उनको तर्क छ। राज्यले आफ्ना मान्छेलाई शहिद घोषणा गर्नु सकारात्मक भएपनि अझै पीडकलाई कारवाही र पीडितलाई भरणपोषणको ब्यवस्था हुनुपर्ने माग चन्द्र खनालकी पत्नी पित्तकुमारी खनालले बताए । शहिद चन्द्रको दुई छोरा र दुई छोरी छन् ।
चन्द्रप्रसाद खनालको संक्षिप्त परिचय
२००२ साल मंसिर २ गते पिता गंगाधर र माता उमादेवी खनालको कोखबाट माइलो सन्तानको रुपमा जन्मिएका चन्द्रप्रसाद खनालले साधारण शिक्षा मात्र लिएका थिए । पिता गंगाधर खनाल पनि राजनीतिक चेत र परिवर्तनको पक्षमा रहेका कारण राजनीतिमा बुवाको प्रभाव छोरमा देखिन्छ । यद्यपी राणकालिन समयमा कांग्रेस समर्थनमा रहेका आफ्ना पिता गंगाधरलाई प्रहरीले कांग्रेस भएकै नाताले पक्राउ गरी भच्चेक स्थित चौकीमा थुन्न खोज्दा कांग्रेसले नै साथ नदिएपछि र २०२० सालमा चर्चित जोताहा काण्डमा समेत सहभागी रहेका आफ्ना बुवालाई सहयोग नगरेपछि उनी कम्यूनिष्टतिर झुकाव राखेको देखिन्छ ।
२०३६ सालमा भएको जनमत संग्रहमा पनि चन्दप्रसादको प्रत्यक्ष भूमिका थियो । स्थानीय चर्चित दारिमबोटे काण्डमा चन्द्रले परिवर्तनकारीलाई सघाएको देखिन्छ । आफ्नै भान्जा श्रीनाथ अधिकारीबाट बढी प्रभावित बनेका खनाल २०४० सालतिर नै तत्कालिन मसालका नेताहरु प्रचण्ड,बावुराम भट्टराई,रामबहादुर थापा संग सम्पर्क भएको थियो ।
श्रीनाथ उत्तिबेला नै भूमिगत जस्तो थिए नै ।२०४० सालमा चन्द्र खनाललाई केही मण्डले प्रबित्ति भएकाले घरमा नै जिउदै जलाएर मार्नका लागि घरमा आगो लगाउने प्रयास भएको थियो र सोही समयमा उहा जंगलमा गएर प्राण बचाएका थिए । २०५२ सालमा जनयुद्ध शुरु हुँदै गर्दा उनकोे खास भूमिका थिएन ।
पछि २०५४ सालमा श्रीनाथ अधिकारीका छोरा नारायण अधिकारी पनि माओवादीमा भूमिगत भएपछि भने नारायणको सेल्टरको रुपमा चन्द्रखनालको घर रहन गयो र क्रमशः माओवादीहरु खनालको घरमा आउनेक्रम बढ्यो र उहालाई मामा भन्न थालियो । पार्टीमा नै मामा भनेर उनी चिनिएका थिए । २०५६ साल भदौमा कक्षा दशमा पढ्दै गरेको कान्छा छोरा कृष्ण खनाल(हाल पत्रकार रहेका)लाई प्रहरीले बिद्यालबाट नै पक्राउ गरी उनकै अगाडि निर्धात कुटपिट गरेकाे थियाे ।
कान्छो छोरालाई पटक पटक गोरखा जेलमा थुनिएको थियो । जब २०५८ मंसिर ८ मा तत्कालिन शेरबहादुर देउवा सरकारले देशभर संकटकाल घोषणा गरेपछि गोरखाको भच्चेक स्थित स्थानमा ११ गते सेनाको ब्यारेक खडा गरियो र १६ गतेबाट बेपत्ता बनाइयो । त्यत्तिबेला उनी केवल पार्टी आवद्ध किसान संघको इलाका सदस्य मात्र रहेका थिए । सामान्य कृषि पेशमा संलग्न रहेका खनाललाई सेनाले लैजाँदा साधारण कपडा मात्रै लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ
फागुन ५, २०८१ सोमबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन
फागुन ५, २०८१ सोमबार
महिलालाई विष खुवाएर मारेको आरोप लागेका दुई जना १८ वर्षपछि पक्राउ
फागुन ५, २०८१ सोमबार