आज अमेरिकी डलर स्थिर हुँदा युरोपियन युरो ओरालो
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार १६:६:४५
२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार २८ रुपैयाँले घटेको अमेरिकी डलर आज स्थिर रहेको छ ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि सोहि मूलयमा उक्त डलरको खरिदबिक्री भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ५७ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा ४२ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७० पैसा र बिक्रीमा ८८ रुपैयाँ १० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ । आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ८५ पैसा पाइन्छ भने सोमबार बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४९ पैसा तोकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार