सहकारी बलियो बनाउन महानगर तयार छ : नगरप्रमुख सिंह
आबिद हुसेन
चैत २०, २०७९ सोमबार १६:१०:५२
२० चैत, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सहकारी बलियो बनाउन महानगरले नीतिगत तथा व्यवहारिक रुपमा काम अगाडी बढाएको बताएका छन ।
६६ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दैनिक कमाएर जीवन निर्वाह गर्नेहरुको सहारा रहेको सहकारीलाई बलियो बनाउन महानगर सँधै तयार रहेको बताए ।
तीन खम्बे अर्थ नीति अनुरुप सहकारी एक खम्बा रहेकाले यसलाई विश्वसनीय र सेवा चुस्त बनाउन सहकारीकर्मीहरुले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न पनि आग्रह गरे । कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलमले केही सहकारीका कारण समग्र सहकारी बदनाम हुनु पर्ने अवस्था अन्त्य गर्न सकारी संचालकले बदमासी गर्न नहुने बताए ।
कार्यक्रममा नेफस्कुन तथा हरेराम पटेलले स्थानीय सरकारले सहकारी दर्ता गरिदिएर मात्रै नभई उनीहरुलाई प्रशिक्षण तथा नियमनमा अग्रसर भइदिनु पर्ने बताए । कार्यक्रम अघि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ घण्टाघरबाट निस्केको प्रभातफेरी नगरपरिक्रमा पछि पुनः घण्टाघर पुगेर कार्यक्रममा परिणत भएको थियो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थिति विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सहकारीकर्मीको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार