विश्वासको मत लिनेभन्दा राजीनामा दिनेतिर लाग्न गिरीलाई विपक्षीको दवाव
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार १६:३४:२
२० चैत, बुटवल । अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई विपक्षी दलहरुले प्रदेशसभाबाट विश्वासको मत नपाउने देखिएकाले तत्काल पदबाट राजीनामा गर्न दवाव दिएका छन् । पक्ष विपक्षमा प्रदेश सरकारको नेतृत्वलाई लिएर दलहरुबीच केहि दिनयता ठूलै रस्साकस्सी चलिरहेको छ । यसैबिच आज बेला लुम्बिनी प्रदेशसभाको बैठक पनि डाकिएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप सोमवारको बैठक आह्वान गरिएको हो । सो बैठकमा मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक पेस गर्ने कार्यतालिका छ । तर, यसको कांग्रेस माओवादी लगायतका दलहरुले विरोध गरिहेका छन् ।
प्रतिपक्ष दलहरुले बिशेष समयमा मुख्यमन्त्री गिरीको राजीनामा माग्ने कार्यतालिका बनाएका छन् । नेकपा माओवादी केन्द्रसहित केन्द्रीय सत्तारुढ गठबन्धन आबद्ध दलले समर्थन फिर्ता लिएको भन्दै राजीनामा दिनु पर्ने मागलाई बैठकमा उठाउने उनीहरुको तयारी छ । माओवादीलगायतको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका गिरीलाई केन्द्रिय राजनीति परिवर्तन भएलगत्तै माओवादी लगायतले समर्थन फिर्ता लिइसको छन् ।
यसपछि उनले राजीनामा दिनु पर्ने बिषय उठाइदै आएपनि गिरीले भने संविधान अनुसार ३० दिन भित्र विश्वासको मत लिन खोजिरहेका छन । प्रतिपक्षी दलहरुले गिरीको राजीनामापछि नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै यसअघि नै प्रदेश प्रमुख अमक्ष दावी पेस गरिसकेका छन् । राजनीति खितानीका कारण प्रदेश सरकारले जनताका काममा भने ध्यान दिन सकिरहेका छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार