चितवन-२ मा पौडेलको कांग्रेस हराउ र कोइराला जिताउ अभियानमा
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार १८:१:३६
२० चैत, काठमाडौं । पार्टीको हित विपरित गतिविधि गरेको आरोपमा कारवाहीमा परेका जगन्नाथ पौडेल र विकाश कोइराला नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । चितवनको राजनीतिमा राम्रो पकड राख्न सक्ने नेता भएपनि आन्तरिक विषयका असन्तुष्टिलाई लिएर कांग्रेस अनुशासन समितिले उनीहरुलाई कारवाही गरेको थियो । कोइरालामाथिको कारवाही पार्टीले फुकुवा गरिसकेको छ भने पौडेल अझै कारवाहीमा नै छन् ।
कांग्रेसको केन्द्रीय समितिको बैठकले चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारवाही फुकुवा गरेको छ । उनी २०७० सालको संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध बागी उम्मेदवारी दिएपछि उनलाई कारवाही गरिएको थियो । झण्डैं १० वर्ष पार्टीको कारबाहीमा परेका कांग्रेस चितवन पूर्वजिल्ला सभापति विकास कोइरालालाई भने आइतवार मात्र कांग्रेस कार्य सम्पादन समितिले कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
कांग्रेस चितवन भित्र बलियो पकड रहेका नेता कोइराला २०७० सालको संविधानसभा निर्वाचनमा चितवनका तत्कालिन क्षेत्र नं. ४ बाट पार्टी केन्द्रीय सभापति सुशील कोइरालाकाविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । कारबाही फुकुवाको माग गर्दै आएका कोइरालाले फुकुवा भएको खबर सामाजिक सञ्जाल र समाचारहरुबाट थाहा पाएको बताएका छन् ।
उनले यसलाई सकारात्मक रुपमा लिएको भन्दै आफ्नो निरन्तरको खबरदारी, पार्टी नेता कार्यकर्ताहरुको दवावमा परेर मात्रै निर्वाचनको मुखमा कारबाही फुकुवा भएको भए यसलाई पार्टीको उदारता मान्न नसकिने बताएका छन् । नेता कोइरालाले पार्टीभन्दा बाहिर भएपनि खास विशेष अवस्थामा पार्टीका अभियानहरुमा साथ दिँदै आएको र कांग्रेसबाट विचलित पनि नभएको भन्दै उपनिर्वाचनमा कांग्रेसकै उम्मेदवारलाई साथ दिने बताएका छन् । आफू सरहका नेता पार्टीको महामन्त्री भएको भन्दै नेता कोइरालाले मागेरभन्दा पनि लडेर भूमिका लिने पक्षमा आफु रहेकाे बताएका छन् । गत मंसिरको निर्वाचन अगाडि कोइरालाले कारबाही फुकुवाका लागि दवाव दिन भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
विकास र दिनेश कोइराला नातामा काका भजित हुन । यस्तै नेपाली कांग्रेसको केन्द्रीय सदस्य त्यागेर चितवन–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका दिनेश कोइरालाले पनि उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत मागेका छन् । आगामी १० गते हुने उपनिर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा वक्तव्य जारी गर्दै उनले तनहुँ–१ र चितवन–२ का कांग्रेस उम्मेदवारलाई मत मागेका हुन् ।
चितवन–२ मा कांग्रेसबाट जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईले सत्ता गठबन्धनकातर्फबाट उम्मेदवारी दिंदैछन् । गत निर्वाचनमा चितवन–३ बाट कांग्रेसबाट उम्मेदवार बन्न चाहेका कोइराला उक्त क्षेत्र माओवादीको भागमा परेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । चितवन ३ मा गठबन्धनका साझा उम्मेदवार माओवादीका भोजराज अधिकारीविरुद्ध कोइरालाले कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेको समर्थनका बाबजुद पनि कोइराला मंसिर ४ को चुनावमा पराजित भएका थिए । तर कोइरालाले आज अपिल जारी गर्दै वैशाख १० को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई चितवन २ र तनहुँ १ मा मतदान गर्न आग्रह गरेका छन् ।
चितवन नेपाली कांग्रेसको प्रभावमूलक क्षेत्र भएपनि सत्ता समीकरणको राजनीतिले गर्दा गएका दुई स्थानीय तहको निर्वाचनमा कांग्रेसले चितवन महानगरमा उम्मेदवारी दिएन । यही कारणले यो क्षेत्रका नेता कार्यकर्ता पार्टी नेतृत्वसँग असन्तुष्ट भएर एकप्रकारको विद्रोह नै सुरु भयो । सुरु देखि नै गठबन्धनको विपक्षमा रहेका पौडेलले पहिलेको स्थाननीय तहको निर्वाचनबाटै असन्तुटि जनाउँदै पार्टीको विपक्षमा लागका थिए । गएको स्थानीय तहको निर्वाचनमा उनले चितवन महानगरमा उम्मेदवारीसमेत दिएका थिए ।
पौडेल नेपाली कांग्रेसका पुराना र प्रभावशाली नेता हुन् । गएको स्थानीय तहको निर्वाचनान चितवन महागनरमा नेकपा माओवादी उम्मेदवार रेनु दाहाललाई सघाउन पार्टी नेतृत्वले निकै कसरत गरेपनि उनले मानेन् र भूइकटहर चिह्नबाट चुनाव लडेका थिए । उनले चितवन २ मा हुन गइरहेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाउने औपचारिक घोषणा गरेका छन् । पौडेलले पत्रकारहरुमार्फत आफ्नो समर्थन रास्वपालाई रहने बताएका छन् ।
छोटो समयमा देशले रुपान्तरण खोजेको र त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता पर्ने भएकाले त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता पुरा गर्न रास्वपालाई सघाउने बताएका छन् । उनले पार्टी प्रवेश नगर्ने र अहिले समर्थन मात्र दिने बताएका छन् । पौडेल रवि लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा पौडेल पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव लडेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार