एकै गठबन्धनमा बसेका बाबुराम-उपेन्द्र कनेक्सनमा अझै दरार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार १९:२९:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/Baburam-and-Upendra_0g76SZtjfC.jpg)
२० चैत,काठमाडौं । दलीय राजनीतिमा शक्ति आर्जनका लागि कुनै समय उपन्द्र यादव नेतृत्वको दलसँग गठजोडमा एकाकार भएका पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यो एकताले निरन्तरता नपाउनुको ‘तोष’ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादावमाथि पोखेका छन् । उनले आज सामाजिक सञ्जालमाफर्त यादवलाई लक्षित गर्दै राज्य दोहनका लागि निर्वाचनको लाइसेन्स बाड्नु गलत भएको बताएका छन् ।
गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचन सिराहा २ बाट पराजित भएका यादव उपनिर्वाचनमार्फत फेरी प्रतिनिसिभामा छिर्ने तयारीमा छन् । डा. भट्टराईले जसपाका अध्यक्ष यादवलाई राजनीतिमा आएपछि इमान्दारित पहिलो अस्त्र भएको आशय देखिएका छन् । भट्टराईले आफुेले पुराना दलहरुबाट परिवर्तन सम्भव नभएको भन्दै नेकपा मााओवादीबाट अलग भएर नयाँ शक्ति नामको पार्टी खोलेका थिए । तर, उनको नयाँ शक्तिले राजनीतिमा नयाँ चाम दिन सकेन । उनले पछि विभिन्न दलसँग पार्टी एकता गर्ने क्रमपनि जारी राखे ।
२०७६ वैशाख २१ मा उपेन्द्र यदव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको थियो । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल राखेर भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव पार्टीको अध्यक्ष बनेका थिए । लामो समय भट्टराईले संघीय परिषद् र यादवले केन्द्रीय समितिको अध्यक्षता पनि गरे ।
उक्त समयमा पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय बनाइएको थियो । पार्टी एकता बैशाख २३ गते प्रज्ञा प्रतिष्ठानमा भएको थियो । तर, यो दिगो भएन र पार्टी एकीकरण गरेको तीन वर्षपछि यादव र भट्टराई अलग भए । अध्यक्ष यादव पक्ष वीरगञ्जमा भेला राखेका भट्टराईले आफ्नो नेतृत्वमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारिक बैठक बोलाएर अलग भएको घोषणा गरेका थिए ।
अहिले भट्टराईको नेपाल समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सक्त गठबन्धनमा एक ठाउँमा छन् । यसैबेला भट्टराईले जसपाका अध्यक्ष उपेन्द्र यादव लक्षित टविट गर्दै उनलाई उपनिर्वाचनमा उम्मेदवार रोक्नु पर्ने बताएका छन् । उपनिर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु हुनु केही समय अघि टविट गर्दै बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन खोजेका यादवलाई रोक्नु पर्ने आशयको टविट गरेका उनले यादवको नाम भने खुलाएका छैनन् ।
‘चुनाव केही वर्ष महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले टविटमा भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पु¥याउने भर्याङ बन्दै छ, रोकौँ ।’
यसले भट्टराईको त्यो बेलाको उपन्द्रसँगको राजनीतिक रिस नमरेको देखाएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बिच एकीकरण गरी मित्रता अघि बढेको थियो । तर, एकीकरणको प्रक्रिया अघि बढदै जाँदा जनता समाजवादी पार्टी नेपाल भएपछि आन्तरिक बिबादका कारण यादवसँग भट्टराई अलग्गिनु परेको थियो । यह रिस उनले पोखेका छन् ।
गत मंशिर ४ को निर्वाचनमा यादव पराजय भए पछि हाल उनी बारा–२ वाट उपनिर्वाचनमार्फत संघीय संसदमा आउन खोज्दैछन् । उनी उपनिर्वाचन पछि संसदमा आउन खोजे पछि भट्टराईले उनलाई रोक्नु पर्ने आशयको टविट गरेका हुन । उनले उपन्द्रलाई राज्य दोहनका लागि निर्वाचन लाइसेन्स नभएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार