मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित, स्थानीयलाई सास्ती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २०:३१:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/chaupaya-e1680512505119_3NZwvCRhQ3.jpg)
२० चैत, भजनी । कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ ।गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको अन्न बाली जोगाउनका लागि बनाइएको गौशालामा गाउँपालिका र स्थानीय किसानको लगानी छ ।
संयुक्तरुपमा लगानी भएको गौशाला बाहिरबाट राम्रो देखिए पनि त्यसभित्रको नाजुक अवस्थाका बारेमा समिति र गाउँपालिका कोही जानकार छैनन् । मरेका चौपाया व्यवस्थापन हुन नसकेर गौशाला आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । नाक छोपेर हिँड्नुपर्ने स्थिति रहेको स्थानीय महेश चौधरी बताउछन्।
गौशालाभित्र मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्रका स्थानीयलाई बस्नसमेत गाह्रो भएको स्थानीय बपल रावत बताउछन् । “मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्र दुर्गन्धित बनेका छन्, त्यसमा समिति पनि जिम्मेवार बन्न सकेको छैन, गाउँपालिकाको कुरै छोडौँ”, रावत भन्छन् ।
वडा नं १ मा गौशाला व्यवस्थापनकै लागि स्थानीय कृषकबाट चन्दा सङ्कलनको काम पनि भइरहेको छ । गाउँका बडघरमार्फत चौपायाको आहाराका लागि स्थानीयबाट प्रतिघर रु एक सयका दरले रकम सङ्कलन भइरहेको वडाध्यक्ष सुरेशकुमार चौधरी बताउछन् । स्थानीयबाट सङ्कलन भएको रकमले जग्गा भाडामा लिएर घाँस खेती गर्ने योजना चौपाया व्यवस्थापन समितिले बनाएको छ ।
“मैले जिल्ला समन्वय समितिको पहिलो बैठकमै सामुदायिक चौपाया व्यवस्थापनका लागि सबै पालिकाले काम गर्नेगरी निर्णय गराएको थिएँ, त्यसलाई कार्यपालिकाको बैठकमा पनि छलफलमा ल्याए”, गाउँपालिकाका अध्यक्ष गणेश चौधरी भन्छन्, “त्यसैअनुसार स्थानीयको पनि लगानी रहने गरी काम सुरु भएको थियो, चौपाया व्यवस्थापन गर्ने कुरा सहज थिएन र समाधानतिर लैजान सकिएन ।”
उनले चौपाया व्यवस्थापन समितिले माग गरेअनुसार गाउँपालिकाले सहयोग गरेको जनाउँदै सबै काम गाउँपालिकाको स्रोत र साधनले नभ्याउने बताए ।
“वडास्तरबाट चौपाया व्यवस्थापन गर्नेगरी काम सुरु भएको हो, त्यसमा हाम्रो मात्रै लगानी नरहने गरी समुदायको पनि लगानी हुनेगरी काम अगाडि बढाएका थियौँ”, अध्यक्ष चौधरीले भने, “आज दोषी गाउँपालिका मात्रै देखिन्छ, दोष हाम्रो छैन, जसले गलत गरेको छ त्यसैले विरोध गर्ने काम भएको छ”, अध्यक्ष चौधरीले मरेका गाईको व्यवस्थापनका लागि गाउँपालिकाले काम गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार