बारा–२ मा जसपाका यादव र एमालेका पौडेलले गराए उम्मेदवारी दर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २०:५२:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/Upendra-yadav2-1024x577-1_VAPqYzcuHv.jpg)
२० चैत, बारा । बैशाख १० मा हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनका लागि बारा–२ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र विपक्षी दल नेकपा एमालेका पुरुषोत्तम पौडेल उम्मेदवारी दर्ता गराएका छन् ।
यादवले पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए । सो क्षेत्रमा रास्वपाले रमेश खरेल उम्मेदवार बनाएको छ । यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन् । एमालेका पौडेलको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह रहेका छन् ।
बारा २ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । जसपाका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेलगत्तै एमालेका पौडेल उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय स्वतन्त्रत पार्टीका रमेश खरेल उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पगेर चन्दन साहको समर्थन र प्रस्तावकमा ममता शर्मालाई रखेर उम्मेदवार दिर्ता गराएका छन् ।
मनोनयन दर्ता पछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले आफूले चुनाव जित्ने दावी गरे । ‘बारा–२ ०४८ सालमा एमालेले जितेको क्षेत्र हो, ०५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेको क्षेत्र हो’, उनले भने, ‘अहिले फेरि जित्ने संकेत आएको छ । एमालेका कार्यकर्ता मात्रै हैन, न्यायप्रेमी जनता, मजदुर, किसान, महिला, दलित, मधेसी, मुस्लिम उत्पीडित वर्ग जाति एमालेको पक्षमा खडा छन् ।’ बारा– २ मा गठबन्धनले काम नगर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार