सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २०:५३:८
२० चैत, रोल्पा । सुनछहरी गाउँपालिकामा विभिन्न सहयोगी निकायसँगको सहकार्यमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा ल्याइएको छ । द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम तिलगङ्गाको सहयोग र सामुदायिक आँखा केन्द्र रोल्पाको सहकार्यमा आँखा केन्द्र स्थापना भएको हो ।
केन्द्र स्थापनाको अवसरमा केन्द्रले निःशुल्क आँखा जाँच तथा औषधि वितरण गरेको थियो । जसमा कूल ५३ महिला र ४५ पुरुषको आँखा जाँच गरिएको थियो । सो अवसरमा आँखा जाँच गरिएकामध्ये पाँच जनाको मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने र ४५ जनालाई चश्मा प्रयोग गर्न सिफारिस गरिएको थियो । साथै ५६ जनालाई भने निःशुल्क औषधि वितरण गरिएको थियो ।
आँखा केन्द्रको खर्च एक वर्षसम्म द फ्रेड हलोज फाउण्डेशनको सहयोगमा नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँले बेहोर्नेछ । यसका फाउण्डेसनले लागि करिब रु २० लाख बराबरको सामग्री र एक वर्षसम्मको जनशक्ति व्यवस्थापन गर्नेछ ।
एक वर्षपछि आँखा केन्द्रको समग्र व्यवस्थापन गाउँपालिकाले लिने सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले जानकारी दिए । आँखा केन्द्रमा आँखाको नियमित जाँचका साथै चस्मा वितरण र सामान्य शल्यक्रियाका साथै औषधिसमेत वितरण गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार