महाभारतको एकीकृत स्वास्थ्य शिविर मंगलबारसम्म सञ्चालन हुने
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २०:५५:३०
२० चैत, काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–५ किल्लामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोषण अभियान कार्यक्रमको शुभारम्भसहित प्रजनन, एकीकृत जनस्वास्थ्य सेवाका लागि आयोजित शिविर मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय तथा गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरमा स्त्रीरोग तथा प्रजनन स्वास्थ्य, दन्त रोग, मानसिक स्वास्थ्य, जनरल मेडिसिन, अपाङ्गता परीक्षण सेवा उपलब्ध गराइएको हो । यस्तै शिविरमा पोषण प्रवद्र्धन, सम्भावित क्षयरोगको स्क्रिनिङ, गर्भवतीको भिडियो एक्स–रे तथा प्रयोगशाला सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंले जानकारी दिए ।
सेढाईंका अनुसार शिविरमा परीक्षण गरिएका स्थानीयको स्वास्थ्यमा समस्या देखिए निःशुल्क औषधि वितरण गरिनेछ भने जटिल रोग देखिएमा बिरामीलाई थप उपचारका लागि सदरमुकामस्थित अस्पतालमा रेफर गरिनेछ । सोही अवसरमा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी श्रेणीअनुसारको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएकाले मानसिक स्वास्थ्य र सर्ने÷नसर्ने रोगसम्बन्धी सचेतना तथा उपचारात्मक सेवाका लागि शिविर महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । शिविरमा बच्चा जन्मनेबित्तिकै लगाउनुपर्ने खोपको मात्रा पूरा गर्न, पोषिलो खाना खुवाउनसमेत आग्रह गरिएको छ । “कुनै स्वास्थ्य समस्या नदेखिए पनि समयसमयमा स्वास्थ्य परीक्षण गर्न स्थानीयलाई अनुरोध गरिएको छ”, सेढाईंले भने ।
किल्लामा स्वास्थ्यका साथै पशुपक्षी शिविर पनि आयोजना गरिएको छ । शिविरमार्फत गोबर परीक्षणसहित पशुपक्षीलाई औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए । उनका अनुसार पशुपक्षीमा कुनै रोगको सङ्क्रमण भए/नभएको यकीन गर्न शिविरको आयोजना गरिएको हो । स्वास्थ्य र पशुपक्षी शिविरमा स्थानीयको उत्साहजनक उपस्थिति रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार