तनहुँ–१ मा भट्टराई र चितवन २ मा श्रेष्ठले गराए उम्मेदवारी दर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २१:२६:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/jitnarayan-shrestha21680511051_vbbHIm5Lon.jpg)
२० चैत्र, काठमाडौं । आगामी बैशाख १० हुने उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका गोविन्द्र भट्टराईले तनहुँ- १ र जीतनारायण श्रष्ठले चितवन-२ मा उम्मेदवारी दर्ता गराएका छन् । भट्टराईले श्यामकुमार मौरातीलाई प्रस्तावक र सरिता गुरुङलाई समर्थक राखेर मनोनयन दर्ता गरेका हुन् ।
तनहुँ–१ का तत्कालीन प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि सोमबार अपराह्न ५ बजेसम्मका लागि समय तोकेको छ । यस क्षेत्रका एमाले उम्मेदवार सर्वेन्द्र खनालले मनोनय दर्ता गराइसकेका छन् भने रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराई गठबन्धनका साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठको उमेदवारी दर्ता गराएका छन् । उपनिर्वाचनका लागि सोमबार उमेदवारी दर्तापछि सत्ता गठबन्धनका तर्फबाट आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले चितवन–२ का मतदाताले स्थानीय उमेदवार र सुखदुःखको साथी आफूलाई निर्वाचित गराउन संकल्प गरिसकेको बताएका छन् ।
उनले भने, ‘यहाँ उपचुनाव हुन्छ भनेर हामीले परिकल्पना गरेका थिएनौँ । विशेष परिस्थितिले यो उपचुनाव हुँदै छ । मैले यसमा के गर्ने भनेर मेरो आत्मलाई सोधेँ– यो उपचुनाव जीतनारायण श्रेष्ठका लागि हुँदै छ । त्यसपछि पार्टीका साथीहरूसँग सोधेँ सर्वसम्मत स्वीकार भयो । केन्द्रबाट मेरै नाममा निर्णय भयो ।’
उनले आफूले गरेको काम सबैलाई थाहा भएको भन्दै चितवनवासीको सेवाका लागि सांसद बन्न प्रतिस्पर्धामा उत्रिएको बताए । ‘व्यावसायिक घरानामा हुर्किएको मान्छे हुँ, व्यवसायी बन्न सक्थेँ । मैले मास्टर डिग्री गरेको छु, पढाएर खान सक्थेँ । तर, बुवाको सुझाव र आफ्नो इच्छाले समाजसेवाका लागि राजनीतिमा छु । चितवनवासीको सुखदुःखमा सँगसँगै छु,” श्रेष्ठले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार