रोयल सहकारीद्धारा आश्रमलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २१:२३:१२
२० चैत, स्याङ्जा । स्याङ्जा सदरमुकामको पुरानो सहकारी रोयल बचत तथा ऋण सकारी संस्थाले आश्रमलाई आर्थिक सहयोग गरेको छ । पुतलीबजार नगरपालिका १४ लामागेस्थित पाणिनी (गुरुकुल) आश्रमलाई सहकारीले आर्थिक सहयोग गरेको हो ।
‘६६ औं राष्ट्रिय सहकारी दिवस–२०७९’ को अवसर पारेर सहकारीले आश्रमलाई नगद सहयोग गरेको सहकारीले जनाएको छ । आर्थिक समस्याले आश्रममा अध्ययनरत विद्यार्थीलाई असहज भएको बेला संस्थाले १८ हजार १ सय रुपैयाँ सहयोग गरेको सहकारीका प्रबन्धक शान्ति ढकाल अर्यालले जानकारी दिईन् ।
सहकारी दिवसमा आश्रमलाई सानै सहयोग भएपनि महत्वपूर्ण हुने भएकाले नगद सहयोग गरिएको सहकारीले जनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत आश्रमलाई सहयोग प्रदान गरेको हो । सहकारीले विभिन्न अवसरमा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
कक्षा ८ सम्म पठनपाठन हुने (गुरुकुल) आश्रममा १४ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । स्थानीयबासीको सहयोगबाट आश्रम संचालन हुर्दै आएको आश्रम संचालक समितिका सचिव रविन के.सी.ले बताए । झण्डै १२ रोपनी जग्गामा बनेकोको आश्रम करिब १ दर्शकदेखि संचालनमा छ ।
रोयल सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रमको संचालन सहकारीका सचिव प्रकाश डोटेलले गरेका थिए भने स्वागत संचालक रामप्रसाद लम्सालले गरेका थिए । आश्रमका बारेमा आश्रमका कार्यबहाक अध्यक्ष चुडामणी शर्माले जानकारी गराएका थिए ।
२०५६ सालमा स्थापित सहकारीले जिल्लाभर बचत तथा ऋणको कारोबार गर्दै आएको छ । करिब १ हजार ५ सय शेयर सदस्यहरुले कारोबार गर्दै आएको सहकारी जिल्लाका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा संचालन गर्दैै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार