नेप्से १६.६७ अंकले घट्यो, कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २१:३५:३७
२० चैत, काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो ।
नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ९२ करोड दुई लाख ४९ हजारमा खुम्चिएको छ ।
आज व्यापार समूह २५ दशमलव २२ अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अंकले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अंकले घटेको छ ।
लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अंकले घटेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार