३ अर्ब चुक्ता पुँजी पुर्याउँदै एनएलजी इन्स्योरेन्स, १० प्रतिशतको बोनस शेयर दिने निर्णय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २२:२९:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/NLG-Insurance_BU77J1kpT0.jpg)
२० चैत्र, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभाले कम्पनीको अधिकृत पुँजी ३ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ । आज चैत्र २० गते, सोमबार आम्रपाली ब्याङ्क्विट थिरबम सडक, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको साधारणसभामा हाल १.५० अर्ब रहेको पुँजी बृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरेको हो ।
त्यस्तै साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८-०७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आ.व. २०७ं८-०७९ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई सर्वसम्मतिले पारित गर्ने निर्णय गरेको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिएका छन् ।
कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले आ.व. २०७८-०७९ को संचित मुनाफाबाट चुक्ता पूँजी एक अर्ब बतीस करोड छैसाठी लाख चौध हजार तीन सय पचपन्न रुपैयाँको १० प्रतिशतका दरले हुन आउने रकम तेह्र करोड छब्बीस लाख एक साठी हजार चार सय छत्तीस रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव तथा सो बोनस शेयरमा लाग्ने कर समायोजनार्थ नगद लाभांश रु. ६९,८२,१८१ -(०.५२६३१५८ प्रतिशत) समेत पारित गर्न गरेको प्रस्ताव पारित भई जम्मा लांभाश १०.५२६३१५८ प्रतिशत पारित गरेको छ ।
संचालक समितिले रिक्त रहेको स्वतन्त्र संचालक पदमा कविराज अधिकारीलाई गत जेठ ३१ गतेदेखि चार वर्षको लागि नियुक्त गरिएकोमा सभामा उक्त नियुिक्त सर्वसम्मतिबाट अनुमोदन भएको छ ।
कम्पनीले गत आ.व. २०७८-०७९ को वित्तीय विवरणका अनुसार कुल बीमा शुल्क आम्दानी २ अर्ब ३६ करोड र खुद बीमा शुल्क आम्दानी ६७ करोड ०४ लाख संकलन भई खुद मुनाफा २३ करोड ८६ लाख गरेको छ ।
आ.व. २०७८-०७९ मा कम्पनीको कूल कारोबार गत आ.व. २०७७-०७८ कोे तुलनामा ११.३६ प्रतिशतले बृद्धि भई, रु.२ अर्ब ३६ करोड बीमा शुल्क आर्जन गरेको छ र यसका मुख्य मुख्य पोर्टफोलियोहरु निरन्तर बृद्धिमा रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बाबु पन्तले बताए ।
आ.व. २०७८-०७९ मा कम्पनीको पुर्नबीमा कमिशन आम्दानी गत आ.व. २०७७-०७८ कोे तुलनामा २६.१४ प्रतिशतले बृद्धि भई, रु. ३८ करोड ४० लाख पुर्नबीमा कमिशन आम्दानी आर्जन गरेको सीईओ पन्तले जानकारी दिए ।
कम्पनीले आफ्नो कारोबारको पूर्नबीमा विश्व प्रसिद्ध हेनोभर री को अगुवाईमा गर्दै आइरहेको छ जसमा स्वदेशी पुर्नबीमा कम्पनीहरु समेत समावेश गरिएको छ । बीमालाई बढी भन्दा बढी ग्राहकहरुसम्म पु¥याउन शाखा बिस्तारलाई निरन्तरता दिंदै आइरहेको सीईओ पन्तले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार