भारतीय कांग्रेसका नेता गान्धीविरुद्ध तत्काल कैद सजाँय कार्यान्वयन नहुने
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १५:२२:५९
२१ चैत, नयाँदिल्ली । मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ ।
आफूलाई मानहानि मुद्दामा दोषी ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध कांग्रेस आइका नेता गान्धीले सोमबार गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिए पछि अदालतले १३ अप्रिलसम्म तल्लो अदालतको फैसला कार्यान्वयन नर्गन आदेश दिएको छ । जसअनुसार उनले तत्काल कैद सजाय भोग्नु नपर्ने भएको छ ।
अब १३ अप्रिलमा हुने पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयनसमेत हुने छैन । माथिल्लो अदालतले अर्को पक्षको उपस्थितिबिना अन्तिम फैसला दिन नमिल्नेसमेत बताई दिए पछि गान्धीलाई राहात मिलेको छ ।
सन् २०१९ मा एक राजनीतिक सभामा ‘सबै मोदी किन चोर हुन्छन्’ भन्ने गान्धिले दिएको अभिव्यक्ती लिएर परेको मुद्धामा फैसला गर्दै तल्लो अदालतले उनलाई दोषी ठहर गरिएको थियो । जसअनुसार अदालतले सांसद पदका लागि अयोग्य तथा दुई बर्षसम्म जेल सजाय तोकि दिएको थियो । भारतीय जनता पार्टीका नेता तथा गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीको अभिव्यक्तिविरुद्ध हालेको मानहानि मुद्दामा अदालतले सो फैसला सुनाएको हो ।
सो फैसला पछि उनको सांसद पद गएको छ भने उनले प्रतिपक्ष दलका नेताको हैसियतमा पाउने सरकारी सुबिधावाट पनि बञ्चित हुन परेको थियो । तर, दुई बर्षे जेल सजाय भने माथिल्लो अदालतको आदेशसँगै तत्काल कार्यान्वयन नहुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार