नेपालगञ्जमा १५ वर्षपछि नालाको फोहर हटाइयो
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २०:१०:५६
२१ चैत, नेपालगञ्ज । वर्षाको बेलामा हुने डुबानको समस्या हटाउन नेपालगञ्ज उपमहानगरमा १५ वर्षपछि यहाँका मुख्य नालाको फोहर हटाइएको छ । नहरमा जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटोलगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक महिनादेखि अहिलेसम्म ठूला नाला करिब डेढमिटर र साना करिब ५० मिटर नालाको सरसफाइ भएको बताए । यसका लागि कतिपय ठाउँमा जेसीबीको प्रयोग गरिएको र कतिपय ठाउँमा भारतीय कामदार प्रयोग गरी नालाको अवरोध हटाइएको उनको भनाइ छ ।
“नालाको माथिल्लो तहसम्म माटोले पुरिएको र त्यसका कारण पानीको सतह नै हराएको अवस्थामा पाइयो”, उनले भने । पानीको निकास थुनिएपछि जाम हुने उल्लेख गर्दै प्रमुख विष्टले सङ्घीय सरकारबाट आएको विशेषज्ञ टोलीले अध्ययन गरेपछि उपकरण प्रयोग गर्न नसक्ने स्थानमा कामदार लगाएर पनि सफा गरिएको बताए ।
“समय–समयमा मुख्य नालाको सफाइ गरे यसले नेपालगञ्जको डुबानको समस्या समाधान हुन्छ भन्ने लक्ष्यले यो काम सुरु गरेका हौँ”, उाले भने, “मुख्य नालासँग जोडिएका नाला विभिन्न नालासँग जोडिएका छन ।” ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडाका नालामात्रै सरसफाइ भए त्यसले यहाँ हुने डुवानको समाधान हुने विशेषज्ञ टोलीले उपमहानगरलाई सुझाव दिएको छ । उक्त सुझावका आधारमा ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडासँग जोडिएका नालाको अवरोध हटाइने छ ।
नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर प्रत्येक चारदेखि पाँच मिटरको दुरीमा कटिङ गरेर पुनः सफा गर्न मिल्ने गरी काम गरिएको छ । आगामी जेठ मसान्तसम्ममा नेपालगञ्जमा रहेका ठूला र साना नालाको सफाइको काम पूरा हुने जानकारी दिँदै प्रमुख विष्टले रु १० का दरले तीन वटा प्याकेजमा काम भइरहेको बताए । कतिपय ठाउँमा देवाल भासिएको र त्यसबाट नाला जाम भएको र त्यसलाई क्रेनमार्फत पनि हटाइएको छ ।
फोहरमैला व्यवस्थापनमा नागरिकको सहभागिता अनिवार्य भएकोमा जोड दिँदै उहाँले फोहर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । नेपालगञ्ज उपमहानगरपालिका(१० की सरुना कुँवरले घाँस र माटो पुरिएर नाला बन्द भएको र सफा गरेपछि नालामा पानी बग्न थालेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९६ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार