भक्तपुरमा विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २२:०:३०
२१ चैत, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउँदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बसको चालकमाथि मंगलबार कुटपिट भएको छ ।
काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने वर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरीत दिशातर्फ जादै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४र५ जना पुरुषले गालीगलौज गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । घटना मंगलबार बिहान साढे १० बजे भएको प्रहरीले जनाएको छ । उनीहरुले निज चालकलाई मार्नेसमेत धाकधम्की दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
उक्त कार र सवार व्यक्तिहरु कुटपिटपछि गुण्डुतर्फ फरार भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । फरार उनीहरुलाई कारसहित पक्राउ गरेको र अहिले सोधपुछ कार्य जारी रहेको एसपी केसीले जनाए । बस चालकको घाँटीमा भित्री चोट लागेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार