मन्त्री अधिकारीको निधनमा राष्ट्रियसभामा शोक प्रस्ताव पारित
इन्द्र रिजाल
फागुन १७, २०७५ शुक्रबार २२:३०:१५
काठमाडौं । राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गरेको थिए । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ ।
२०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित सदस्य अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य थिए । युवा अवस्थादेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय अधिकारी व्यवस्थापिका–संसद्को विकास समितिको पूर्व सभापतिसमेत थिए । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । शोक प्रस्ताव पारित गरेसँगै आजको बैठक सकिएको छ । अर्को बैठक फागुन १९ गते आइतबार १ बजे बस्ने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार