सरकारले विकासका नाममा ढलेको सिन्को पनि उठाएन : पूर्व अर्थमन्त्री कार्की
इन्द्र रिजाल
फागुन १७, २०७५ शनिबार ०:२८:३९
प्रकाश डोटेल
स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् । सरकारमा गएर आश्वासनका पोका बाड्ने तर आश्वासन अनुरुप काम गर्न नसकेकाले सरकार असफल भएको उनको टिप्पणी थियो ।
“भ्रष्टाचारीको अनुहार समेत हेर्दिन भन्ने प्रधानमन्त्रीका हरेक पाइला भ्रष्टाचारीसँग छ ।” कांग्रेसका प्रभाबशाली युवा नेता गुरुङ्ले भने, “पानीजहाज, रेलका कुरा गरेर प्रधानमन्त्रीले आमनागरिकको दैनिकीसँग खेलवाड गरेका छन् ।” ठिक छ, पानीजहाज र रेल पनि ल्याउला तर दैनिक रुपमा जनताले कस्तो सास्ती सहेका छन्, त्यसतर्फ ध्यान दिन उनले सरकारसँग आग्रह गरे ।
“राजनीतिमा नारासँग व्यवहार र विकास जोडन सक्नुपथ्र्याे तर सरकारले त्यसो गर्न सकेन ।” स्याङ्जाको वयरघारीमा संचालन भएको १० दिने मेलाको उद्घाटन गर्दै कांग्रेस नेता कार्कीले भने, “दुई तिहाईको स्थिर सरकारले एक वर्ष एउटा पनि विकास निर्माणको आरम्भ गर्न सकेन ।” हरेक क्षेत्रमा सरकार असफल भएको उनको जिकिर थियो ।
“बैदेशिक लगानी भित्र्याउन सरकारले कुनै पहल गरेको छैन् र सक्दैन् पनि ।” पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले भने, “हुन त सरकार असफल भयो भनेर कांग्रेसले लगाउने आरोप मात्र हो भन्ला तर ओली नेतृत्वमा बनेको सरकारका गतिविधि हरेक सुचांकमा नकारात्मक रहेको तत्याङ्क स्पष्ट छ ।”
एक वर्षमा सरकारले एउटा पनि दिगो विकासको संरचना बनाउन नसकेको कार्कीले दाबी गरे । “प्रत्येक लिटर पेट्रोलियम पदार्थ बेच्दा जम्मा भएको केही रकमले बुढिगण्डकी बनाउन खोजिएको थियो ।” कार्कीले भने, “राष्ट्रबादको चर्को नारा दिने सरकारले बुढिगण्डकी निर्माणको जिम्मा चाईनालाई दिएर राष्ट्रघात गरेको छ ।” विकासका गफ दिने तर विकासका नाममा ढलेको सिन्को नउठाउने कस्तो विकास हो ? कार्कीको प्रश्न थियो ।
मेलाको उद्घाटनमा बोल्दै कांग्रेसका अर्का केन्द्रीय सदस्य धनराज गुरुङ्ले भ्रष्टाचार शुन्य बनाएर सदाचार स्थापना गर्ने सरकारको लक्ष्य शुन्यप्राय रहेकोे बताए । हत्या हिंसा, बलात्कार, भ्रष्टाचार र महंगी बढ्दै जाँदा समेत सरकारले कानमा तेल हालेर सुते जस्तो भान गरेको आरोप लगाए ।
“भ्रष्टाचारीको अनुहार समेत हेर्दिन भन्ने प्रधानमन्त्रीका हरेक पाइला भ्रष्टाचारीसँग छ ।” कांग्रेसका प्रभाबशाली युवा नेता गुरुङ्ले भने, “पानीजहाज, रेलका कुरा गरेर प्रधानमन्त्रीले आमनागरिकको दैनिकीसँग खेलवाड गरेका छन् ।” ठिक छ, पानीजहाज र रेल पनि ल्याउला तर दैनिक रुपमा जनताले कस्तो सास्ती सहेका छन्, त्यसतर्फ ध्यान दिन उनले सरकारसँग आग्रह गरे ।
एउटा नाबालिका निर्मला पन्तको बलात्कारी तथा हत्यारा पत्ता लगाउन असफल सरकारले चर्का नारा लगाएर समय बिताएको उनले बताए । “वाईडबडी जहाज खरिद प्रकरणमा न्यायिक आयोग बनाएर प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको प्रमाण दिएका छन् ।” नेता गुरुङ्ले भने, “वाईडबडी, निर्मला हत्या, भ्रष्टाचार, महंगी जस्ता काण्डैकाण्ड मच्चाउन सरकार तल्लिन छ ।”
त्यस अवसरमा बोल्दै कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’, स्वतन्त्रता सेनानी सुर्यप्रसाद रेग्मी, भीरकोट नगरका प्रमुख छायाँराम खनाल, उपप्रमुख सिमा कर्माचार्यले आधुनिकताका नाममा मौलाउदै गएको विकृतीलाई रोक्न मेलाले स्थानीय कला संस्कृतिको जर्गेना गर्ने विश्वास व्यक्त गरे ।
मेलाको उद्घाटनका अवसरमा कांग्रेस नेता नसिबदिन मियाँ, गोविन्द कर्माचार्य, महिला संघका उपसभापति सरस्वती तिवारी, व्यवसायीहरु अर्जुनप्रसाद खनाल, नुवादत्त अर्याल, अर्जुनप्रकाश अर्याल, तोयनाथ अर्याल लगाएतका वक्ताहरुले बोलेका थिए ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि तेस्रो वयरघारी मेला आयोजक आँधीखोला पीस युथ क्लव वयरघारीका अध्यक्ष राजकुमार गुरुङ्को अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमको संचालन तुलसी प्रबासले गरेका थिए भने स्वागतमन्तव्य दिपेन्द्र के.सी.ले गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार