युवा नेताहरुको लागि स्वर्गीय अधिकारी ‘रोल–मोडल’
इन्द्र रिजाल
फागुन १८, २०७५ आइतबार ०:३९:४५
काठमाडौं । सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको असमायिक निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताहरुको लागि स्वर्गीय अधिकारी ‘रोल–मोडल’ भएको पनि प्रतिक्रिया दिए ।
उहाले स्वर्गीय अधिकारी बोलेको कुरा पूरा गरेरै छाड्ने नेताको रुपमा चिनिएको सुनाए । कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफ र स्वर्गीय अधिकारीवीच निकै आत्मीय सम्बन्ध रहेको बताए । मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै उनले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको बताए । उनले वाइडबढीको बारेमा भने सरकारले छानविन जारी राख्नुपर्ने बताए ।
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय रवीन्द्र अधिकारी अत्यन्तै असल नेता रहेको जिकिर गरे । सिँगो मधेश नै अधिकारीको व्यक्तित्व र विचारबाट प्रभावित बनेको सुमनले बताए । फरक प्रसँगमा उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिता लिएकैसरह भएको पनि स्पष्ट पारे े ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार