काठमाडौंमा अस्थायी शिक्षकहरूको नारा-जुलुस, स्थायी बनाउनुपर्ने माग
इन्द्र रिजाल
फागुन १९, २०७५ आइतबार २०:१२:३१
काठमाडौं । देशभरका अस्थायी शिक्षक तथा करार शिक्षक आन्दोलनमा उत्रिएका छन्। अस्थायी शिक्षकलाई स्थायी बनाउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। शिक्षकहरु पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। वैशाख १४ गतेदेखि रिले अनसनमा रहेका शिक्षकले चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन्।
उनीहरुले देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। आइतबार अस्थायी शिक्षकहरुले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेर नाराजुलुस गरेका छन्। देशभरका शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेका हुन्। माइतिघरबाट सुरु भएको शिक्षकहरुको नाराबाजी बानेश्वरतर्फ प्रस्थान गरेको छ। अस्थायी शिक्षक केन्द्रीय समितिका महासचिव कुमोद कुमार कर्णले जिल्ला तहमा आफूहरुका माग पूरा नभएपछि माग पूरा गराउनका लागि काठमाडौंमै आन्दोलन गरिएको जानकारी दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार