वित्तीय साक्षरता कार्यक्रममा मुक्तिनाथ विकास बैंकको छलाङ
इन्द्र रिजाल
फागुन १९, २०७५ सोमबार ०:३४:६
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग,सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको बैंकले जानकारी दिएको छ । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको बैंकको भनाई छ ।
गत फागुन १७ गतेका दिने “सबैमा वित्तीय साक्षरता, आजको आवश्यकता” भन्ने मूल आशयका साथ बैंकले तनहुँस्थित श्री जलदेवी माध्यामिक विद्यालय व्यास–०१, भादगाउँ, कास्कीस्थित श्री ज्ञानज्योति विद्या कुञ्ज मा.वि. पोखरा–३२, गगनगौडा ,रुपन्देहीस्थित जनकल्याण उच्च मा.वि.,सैनामैना–०६, भाटाचौर, पर्वतस्थित नवजागृत उच्च मा.वि ,मोदी– ०६, तिलाहार र चितवनस्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था लि. भरतपुर–०८, शरदपुर गरी ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग,सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको बैंकले जानकारी दिएको छ । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको बैंकको भनाई छ ।
सम्पन्न भएका कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुकोे उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत विद्यार्थीहरु लगायत समुदायमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गन गरेर्को प्रयास प्रशंसा योग्य रहेको धारणा व्यक्त गरेका थिए ।
बैंकले हालसम्म २४१ वटा वित्तीय साक्षरता कार्यक्रममार्फत कुल ४५,००० जना सहभागीहरुलाई वित्तिय साक्षरता प्रदान गरी छलाङ मारिसकेको छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने बैंकको दावी छ । बैंकले यस्ता कार्यक्रम विगत ५ बर्ष देखि निरन्तर संचालन गर्दै आईरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
जेठ १६, २०८१ बुधबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार