मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान
इन्द्र रिजाल
फागुन २०, २०७५ सोमबार १७:४०:१४
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ । कामपाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले दश पसलले मात्र रकम पाउने भएका हुन् ।
सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन मागे पनि कम मात्र निवेदन परेको र परेका पनि मापदण्डनै नपुगेकाले दश वटालाई मात्र अनुदान दिइने कामपाको कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।
प्राप्त निवेदनमध्येबाट मापदण्डका आधारमा तीन वटालाई साझेदारीमा मिटमार्ट स्थापना कार्यक्रमअन्तर्गत जनही रु १५ लाख, चार वटालाई मासुजन्य उद्योग प्रवद्र्धन कार्यक्रमअन्तर्गत जनही रु पाँच लाख र तीन वटालाई मासु पसल सुधार कार्यक्रमअन्तर्गत जनही रु एक लाख अनुदान दिइने भएको हो ।
छनोटमा परेका व्यवसायी अहिले अनुदानबाट प्राप्त रकमबाट तयार गर्नुपर्ने पूर्वाधारमा लागेका छन् । विभागका प्रमुख भण्डारीका अनुसार छनोटमा परेका व्यवसायीको व्यावसायिक कार्ययोजना, अहिलेको पूर्वाधार र सुधार गर्नसक्ने आधारजस्ता सूचक हेरेर अनुदान उपलब्ध गराइएको हो ।
व्यवसायीले सञ्चालन गर्न लाग्ने रकमको ५० प्रतिशत कामपाबाट पाउनेछन् भने अन्य रकम सञ्चालक स्वयंले नै बेहोर्नुपर्ने हुन्छ । व्यवसायीलाई प्रोत्साहित गर्न अनुदान दिन खोजेको कामपाले जानकारी गराएको छ । सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार