बन्दीपुरमा ८ आना जग्गा सित्तैमा, पर्यटक प्रहरी लैजाने तयारी
इन्द्र रिजाल
फागुन २१, २०७५ मंगलबार १३:२३:५२
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ । बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायीरूपमा पर्यटक प्रहरी खटाउन लागेको हो ।
गत जेठ १७ गतेदेखि बन्दीपुरमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट अस्थायीरूपमा तीन पर्यटक प्रहरी खटाइएकामा अब मन्त्रालयबाट नै पर्यटक प्रहरीको दरबन्दी सिर्जना गरी खटाउन लागिएको पर्यटक प्रहरी काठमाडौँका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार बन्दीपुरमा घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको हुँदा उनीहरूको सुरक्षा र उनीहरूलाई सहज वातावरण निर्माणका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा आठ पर्यटक प्रहरी खटाइन लागिएको छ ।
आन्तरिक पर्यटकको सुरक्षालगायतको व्यवस्था स्थानीय प्रहरीले नै गर्ने भए पनि विदेशी पर्यटकका लागि पर्यटक प्रहरी आवश्यक पर्ने उनले बताए । उनले भने, “स्थानीय प्रहरीमा भाषागत समस्या हुने र विदेशी पर्यटकले स्थानीय प्रहरीलाई सहजरूपमा आफ्नो कुरा भन्न पनि नसक्ने अवस्था भएकाले विदेशी भाषामा दक्षता भएका पर्यटक प्रहरी खटाइनेछ ।”
पर्यटक प्रहरीले पर्यटन क्षेत्रमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकलाई विभिन्न भाषामा समन्वय गर्ने, पर्यटकको गुनासो सुन्ने र उनीहरूबाट आएको उजुरी र निवेदनमाथि छानबिन गरी कारवाहीको प्रक्रिया थाल्ने, पर्यटकीयस्थलमा सुरक्षा व्यवस्था मिलाउने, होटल, ट्राभल, ट्रेकिङ र ¥याफ्टिङ एजेन्सीको निरीक्षण र अनुगमन गर्ने तथा पर्यटकको विरुद्धमा व्यवसायीबाट आएको गुनासो सुन्नेलगायतका काम गर्नेछन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले स्थानीय तह, स्थानीय जनता र व्यवसायीले बन्दीपुरमा रहेका स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई सहयोग गर्नुपर्ने बताए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बन्दीपुर भनेकै पर्यटनले चिनिएको हुँदा यहाँको पर्यटन विकासका लागि गाउँपालिका जस्तोसुकै योगदान गर्न तयार रहेको बताए । उनले पर्यटक प्रहरीलाई नागरिक र व्यवसायीबाट सहयोग हुनुपर्ने भन्दै गाउँपालिकाको तर्फबाट समेत सक्दो सहयोग गरिने बताए ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंश गुरुङले पर्यटनले मात्र बन्दीपुरको समृद्धि सम्भव भएको भन्दै पर्यटक प्रहरीको स्थापनापछि बन्दीपुर घुम्न आउने पर्यटकले सुरक्षित महसुस गर्ने बताए । बन्दीपुरमा वार्षिक पचास हजार बढी विदेशी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।
भवन बनाउन जग्गा दान
तनहुँको बन्दीपुर गाउँपालिका–१ को भवन निर्माणका लागि सोही वडा निवासी कृष्णराज अधिकारीले आठ आना जग्गा दान गरेका छन् ।
आफ्नै वडा कार्यालय भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालयले नयाँ भवन निर्माण गर्न जग्गाको खोजी गरेपछि सोही वडाको नाहाला निवासी अधिकारीले करीब रु २४ लाख बराबरको जग्गा वडा कार्यालयलाई सहयोग गरेका हुन् ।
उक्त जग्गाको लालपुर्जा अधिकारीले मालपोत कार्यालय तनहुँबाट वडा कार्यालयको नाममा पास गरी हस्तान्तरण गरेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । वडा कार्यालयका लागि सोही ठाउँका केही व्यक्तिले समेत जग्गा दान दिने प्रतिबद्धता जनाइसकेका छन् । वडाध्यक्ष पोखरेलका अनुसार सुनिल अधिकारीले चार आना, कुलप्रसाद गुरुङले आठ आना दिने बताएको छ भने कफी सहकारी संस्थाले दुई रोपनी जग्गा दिने प्रतिबद्धता जनाएको छ । छिट्टै ती जग्गा पनि वडा कार्यालयको नाममा आउने पोखरेलले बताए ।
उनले भने, “सबै दानवीरले जग्गा उपलब्ध गराएपछि वडा कार्यालयको नाममा चार रोपनी जग्गा प्राप्त हुनेछ ।” वडा कार्यालयले चैत महीनादेखि भवन निर्माण गर्ने लक्ष्य राखेको छ । भवन निर्माणका लागि जिल्ला समन्वय समिति तनहुँले रु ८० लाख गाउँपालिकालाई निकासा पठाइसकेको छ । वडाध्यक्ष पोखरेलका अनुसार गाउँपालिकाबाट रु २० लाख थप गरी एक करोड लागतमा भवन निर्माण हुनेछ ।
शहरी विकास मन्त्रालयले सबै वडा कार्यालय एउटै डिजाइनमा बनाउने निर्णय गरेकाले सोही निर्णयबमोजिम नै वडा कार्यालयको भवन निर्माण हुनेछ । वडा कार्यालय सञ्चालनका लागि हाल मासिक रु १० हजार खर्च हुने गरेको छ । नयाँ भवन निर्माणपछि मासिक भाडा बचत हुने पोखरेलले बताए। कृष्ण न्यौपानेको सहयोगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार