इयूलाई महत्वपूर्ण सहयात्री बनाउने लक्ष्यमा अमेरिका फेरि सफल

इन्द्र रिजाल
फागुन २१, २०७५ मंगलबार १३:४९:१३

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्नो यूरोपेली संघ (इयू) नियोगसँगको सहयात्रामा केही समय प्राविधिक समस्या देखिएको तर यसलाई पूर्ववत अवस्थामा ल्याइसकिएको वासिङ्टनले सोमबार बताएको छ ।
अमेरिकाले इयूलाई आफ्नो महत्वपूर्ण सहयात्री भन्दै व्यापार विवादका कारण बीचमा केही समय असमझदारीजस्तो देखिएपनि यसलाई सम्बोधन गरिसकिएको वासिङ्टनको भनाई रहेको छ ।
अमेरिकी विदेश विगागले इयू नियोगसँगको कूटनीतिक अवस्थालाई सदस्य राष्ट्रबाट अन्तर्राष्ट्रिय संगठनका रूपमा हेर्ने सन् २०१८ को निर्णयले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सहयात्रीबीचको सम्बन्धमा खटपटको अवस्था देखिएको थियो ।
“संयुक्त राज्य अमेरिकाको विदेश विभागले पुनः इयूको वासिङ्टनका लागि हुने प्रतिनिधित्वलाई दुईपक्षीय नियोग ‘डिप्लोमेटिक कप्र्स अर्डर अफ प्रिसिडेन्स’ समानरूपमा मान्यता दिने निर्णयले सम्बन्ध थप सुमधुर बनेको छ,” इयूका लागि अमेरिकी राजदूत गोर्डन सोनल्याण्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
“यूरोपेली संघ विशिष्ट महत्वको संगठन हो र विश्वव्यापी सुरक्षा र सम्वृद्धिको बाटोमा इयू अमेरिकाका लागि महत्वपूर्ण साझेदार राष्ट्र हो ।”
“यूरोपको सुरक्षा र सफलताले अमेरिकालाई विशिष्टरूपमा जोड्ने र यो तहको सम्बन्ध र सहकार्य सबै क्षेत्रका लागि उचित मानिएको छ । ”
इयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीका प्रवक्ता माजा कोसिजान्सिकले घोषणाको स्वागत गरेका छन् ।
“हामी यसकारण खुशी बनेका छौँ कि अमेरिकाले प्रचलित अभ्यासलाई पूर्वस्थितिमा लाने निर्णय लिएको छ, जसबाट दुवैको सम्बन्ध थप बलियो बन्नेछ ।”
अमेरिकाले गत बर्ष इयूलाई हेर्ने निर्णयमा परिवर्तन गरेपछि जनवरीमा इयूले यसबारे अमेरिकी अभिकारीसँग कुरा गर्ने बताएका जर्मनीको अन्तर्राष्ट्रिय प्रशारक दोयची वेलेले सार्वजनिक गरेको थियो ।
उक्त सञ्चारमाध्यमले जनाएअनुसार गत डिसेम्बरमा अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुशको अन्त्येष्टिमा अमेरिकाका लागि इयूका राजदूतले निमन्त्रण ग्रहण नगरेपछि उक्त मुद्दाले स्थान पाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै यूरोपसँग एक समय अति नै सुमधुर रहेको सम्बन्धमा समस्या देखिएको थियो । वासिङ्टनले यूरोप तथा अन्य साझेदार राष्ट्रबाट अमेरिका भित्रिने स्टिल र आल्युमिनियममा कर वृद्धि गरेपछि सम्बन्ध थप बिग्रिएको थियो ।
गत डिसेम्बरमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ब्रसेल्समा गरेको इयू र अमेरिकाबीचको नीतिबारेको सम्बोधनमा बेलायतको इयूबाट बहिर्गमनका लागि हुने मतदानले कूटनीतिक तहमा राखिने चासोलाई नागरिकसम्म पु¥याउन हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जाएको बताएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके मोहम्मद युनुसको सरकारमा बंगलादेशमा भइरहेको अवैध घुसपैठ घट्यो ?
फागुन ९, २०८१ शुक्रबार
बलुचिस्तानको उत्पीडन घटना: अधिकार समूहले सार्वजनिक गर्यो जबरजस्ती बेपत्ता पारिएकाहरूको सूची
फागुन ९, २०८१ शुक्रबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
सशस्त्रमा जुनियर एसएसपीलाई डीआईजीमा बढुवा, शक्तिकेन्द्रको दवावमा सिनियरलाई छुटाइयो
फागुन ९, २०८१ शुक्रबार
नेपाल प्रहरीसम्बन्धी विधेयकः संसदमा सत्तापक्ष र प्रतिपक्षका गरी ५२ वटा संशोधन प्रस्ताव दर्ता
फागुन ९, २०८१ शुक्रबार
ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्
फागुन ९, २०८१ शुक्रबार
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
फागुन ९, २०८१ शुक्रबार
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
फागुन ९, २०८१ शुक्रबार
संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन: नेता कोइराला
फागुन ९, २०८१ शुक्रबार
तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप
फागुन ९, २०८१ शुक्रबार
जलहरी प्रकरणमा ३ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
फागुन ९, २०८१ शुक्रबार
कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा
फागुन ९, २०८१ शुक्रबार
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
फागुन ९, २०८१ शुक्रबार
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
फागुन ९, २०८१ शुक्रबार
संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन: नेता कोइराला
फागुन ९, २०८१ शुक्रबार
तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप
फागुन ९, २०८१ शुक्रबार
जलहरी प्रकरणमा ३ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
फागुन ९, २०८१ शुक्रबार
कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा
फागुन ९, २०८१ शुक्रबार
पैदलयात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
फागुन ९, २०८१ शुक्रबार
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
फागुन ९, २०८१ शुक्रबार
संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन: नेता कोइराला
फागुन ९, २०८१ शुक्रबार
तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप
फागुन ९, २०८१ शुक्रबार