स्पेशल ओलम्पिक टोलीको बिदाइ

इन्द्र रिजाल
फागुन २१, २०७५ मंगलबार १६:२४:५५

काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान आयोजित कार्यक्रममा बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
युएईमा हुने प्रतियोगितामा नेपालले फाइभ ए साइड युनिफाइड फुटसल, बोसी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीमा सौरव कार्की, आदित बज्राचार्य, आदेशराज काफ्ले, अजय तामाङ, एलिसा न्यौपाने, सविना छुस्याबागा, नगिना महर्जन, क्षितिज बानियाँ, सुनीता सुनुवार, इशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, महिमा कोइराला र सागर शेरचन रहेका छन् । प्रतियोगितामा सहभागी टोली पर्सि बिहीबार युएई प्रस्थान गर्नेछ ।
प्रमुख प्रशिक्षकमा गणेश पराजुली, फुटसल प्रशिक्षकमा ठाकुरप्रसाद गौतम, एथलेटिक्स प्रशिक्षकमा राहुल लामिछाने र शान्ति थापा तथा बोसी प्रशिक्षकमा विमला लामा छन् । मेडिकलमा रोजी श्रेष्ठ छन् ।
टोली नेतामा स्पेशल ओलम्पिक नेपालकी अध्यक्ष डा शिक्षिता श्रेष्ठ रहेकी छन् । यही मार्च १४ देखि २१ तारिखसम्म हुने प्रतियोगिताका लागि अध्यक्ष श्रेष्ठ भने आजै युएई जानेछिन् । खेलाडी र प्रशिक्षक मार्च ७ मा त्यसतर्फ जानेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार