मेक्सिकोको दुर्गम सिमानाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो
इन्द्र रिजाल
फागुन २२, २०७५ बुधबार २३:५६:३९
काठमाडौं । संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका–मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ ।
गत वर्षको यही महिनाको तुलनामा यो दोब्बर बढी हो । केही महिनादेखि १०० भन्दा बढी मानिसका ७० वटाभन्दा बढी समूह अमेरिका प्रवेश गरेको छ । मेक्सिको–अमेरिका सीमाका अत्यन्त दुर्गम क्षेत्रबाट यी आप्रवासीहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका हुन् ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीन्यानले अमेरिकी सीमा सुरक्षा निकायमा अहिले स्रोतसाधनको कमी भएको बताए । उनले मेक्सिकोसँगको सीमाका दुर्गम ठाउँमा पर्याप्त जनशक्ति परिचालन गर्न नसकिएको र ती ठाउँबाट गैरकानुनी रुपमा मानिसहरु अमेरिका प्रवेश गरिरहेको जानकारी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा व्यवस्थापनलाई कडाई गर्ने प्रतिबद्धता जनाएर सीमामा बलियो पर्खाल बनाउने विवादास्पद योजना अघि सारेका छन् । तर त्यस योजनामाथि अमेरिकी संसद, अदालत र विपक्षीमा सहमति हुन सकेको छैन ।
सीमा निगरानी थुनामा दुई बालबालिकाको मृत्यु भएपछि भन्सार तथा सीमा सुरक्षा निकायले स्वास्थ्य जाँचमा कडाई गरेको छ । म्याकअलीन्यानले टेक्सासको एल पासोमा आप्रवासीका लागि नयाँ प्रशोधन केन्द्र खोल्न लागेको जानकारी दिनुभयो । यो केन्द्रमा परिवार र बालबालिकालाई राम्रोसँग हेरचाह गर्न सकिने छ ।
सीमा सुरक्षा अधिकारीहरुका अनुसार, हरेक वर्ष अवैधानिक रुपमा अमेरिका प्रवेश गर्न चाहने करिब चार लाख आप्रवासीलाई पक्राउ गरिएको थियो । सन् २००० मा भने १६ लाखलाई सीमामा पक्राउ गरिएको थियो । पक्राउ परेका अधिकांश मानिसहरुमा मेक्सिकोका एकल पुरुष थिए । तर आजभोलि अधिकांश आप्रवासीहरु मध्य–अमेरिकाका परिवारहरु रहेका छन् ।
गत अक्टोबरयता सीमाबाट एक लाख ३० हजारभन्दा बढी परिवारलाई नियन्त्रणमा लिइएको छ । अक्टोबरदेखि सेप्टेम्बर २०१८ सम्मको अवधिमा पति त्यतिकै संख्यामा परिवारलाई नियन्त्रणमा लिइएको थियो । दशौं हजार बालबालिका एक्लै अवैध रुपमा अमेरिका छिरेका छन् ।
भन्सार तथा सीमा नियन्त्रण निकायले पछिल्लो समय आप्रवासीमाथि कमभन्दा कम बल प्रयोग गर्न थालेको जनाएको छ । सन् २०१८ मा १५ पटक मात्र सुरक्षा बलले हतियार चलाएको छ । सन् २०१२ मा ५५ पटक हतियार प्रयोग भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार