देउवालाई विस्थापित गर्न आन्तरिक गृहकार्य सुरु, विशेष अधिवेशन बोलाउनुपर्ने पौडेल समूहको माग
इन्द्र रिजाल
फागुन २२, २०७५ बिहिबार ०:१६:५७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच दुरी बढिरहेको छ ।बुधबार प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको छुट्टै बैठकले यस्तो निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताए ।
सभापति देउवाले महासमितिको भावनालाई कुल्चिएको र पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै पौडेल समूहले अब विशेष महाधिवेशन बोलाएर भएपनि अघि बढनुपर्ने निश्कर्ष निकालेको हो ।
उनीहरुको भेलाले अब सभापति देउवालाई विस्थापित गर्नको लागि पनि आन्तरिक गृहकार्य सुरु गरेका छन् । सभापति देउवाले केन्द्रिय कार्य समितिबाट बहुमतको आधारमा विधान पारित गरेकोमा पौडेल समूह रुष्ट छ ।
उनीहरुले केन्द्रिय समिति नै बहिष्कार गर्दै आएका छन् । अहिले पार्टीको केन्द्रिय समितिको बैठक नै स्थगित् भएको छ । सभापति देउवाविरुद्ध अर्को समूहले मोर्चाबन्दी सुरु गरेको छ ।
पछिल्लो समय देउवाविरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै मोर्चाबन्दी कसेको छ । अहिले पौडेल समूहलाई पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला समूहले पनि साथ दिएको छ ।
बहुमतका आधारमा पेलेर विधान बनाएको र एकलौटी ढंगले अनुशासन समिति गठन गर्न खोजेको भन्दै पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका हुन्।
नेता प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, कमला पन्त, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायत नेता छलफलमा जुटेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार