नेपालभर छाडा छाडिएका गाईगोरुको उचित संरक्षण गर्न आदेश
इन्द्र रिजाल
फागुन २२, २०७५ बिहिबार १:५०:३२
काठमाडौं । सर्वोच्च अदालतले नेपालको राष्ट्रिय जनावर गाई र त्यससँग सम्बन्धित प्रजाति घरपालुवा जनावर गोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको इजलासले मङ्गलबार नेपालभर छाडा छाडिएका गाईगोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ ।
आदेशमा भनिएको छ, “देशभर छाडा छाडिएका गाईगोरुलाई सुरक्षित बासस्थान, जीविकाका लागि घाँस, दाना, पानीजस्ता अति आवश्यक आहार एवम् उपचारको व्यवस्था गर्नू ।” अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी चैत ३ गते बोलाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायतलाई विपक्षी बनाई स्नेहाज केयरका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले यही फागुन १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
नेपालको धार्मिक आस्थासमेत जोडिएको गाईगोरुलाई छाडा छोड्ने, निर्दयी व्यवहार गर्ने र भोग, रोग र ओतको समेत राम्रो व्यवस्था नभएको हुँदा सो व्यवस्था गर्न आदेशको माग रिट निवेदनमा थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार