विप्लवद्वारा विभिन्न जिल्ला बन्द आह्वान, जनजिवन प्रभावित
इन्द्र रिजाल
फागुन २३, २०७५ बिहिबार १४:५६:२३
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण दाङ, रोल्पा, प्यूठान, सल्यान र रूकुमको जनजिवन प्रभावित बनेको छ ।
नेकपा राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण यातायातका साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था कलकारखाना पनि बन्द रहेका छन् ।
आफ्नो पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै नेकपाले राप्ती बन्दको घोषणा गरेको हो । फागुन २० गते नेकपा रोल्पाका जिल्ला सदस्यहरु टीकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेनलाई प्रहरीले पक्राउ गरहेको थियो ।
त्यस्तै, २२ गते दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, ईश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ गरिएका आफ्ना नेता तथा कार्यकर्तालाई बिना शर्त रिहाई नगरे थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत नेकपाले दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार