जापानी भाषा: सिकाइका नाममा हुने ठगी रोक्न सरकारको अप्ररेशन सुरु
इन्द्र रिजाल
फागुन २३, २०७५ बिहिबार १७:३७:४२
काठमाडौं । रोजगारीका लागि जापान जान चाहनेहरूलाई लक्षित गरी भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्न नेपाल सरकारले आवश्यक पहल थालेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले शिक्षा मन्त्रालयसँगको समन्वयमा भाषा सिकाउने नाममा हुनसक्ने ठगी रोक्ने उपायहरूबारे एक खाका बनाउने प्रक्रिया सुरु गरेसंगै आवश्यक पहल सुरु गरेको हो ।
रोजगारीका लागि नेपालसहित नौ देशका कामदारहरू लिने जापानको पछिल्लो निर्णयपछि नेपालमा पनि जापानी भाषा सिक्न चाहनेहरूको सङ्ख्या बढिरहेको छ।
त्योसँगै जापानमा रोजगारीका लागि पठाइने कामदारको भाषाको दक्षताबारे भविष्यमा लिइने परीक्षाको स्तर र मापदण्ड निर्धारण गर्ने विषयमा पनि गृहकार्य पनि भइरहेको छ।
जापानी भाषा सिकाउने संस्थाहरूले भने विगतमा विद्यार्थी भिसामा जापान जानेहरूका लागि बनाइएको पाठ्यक्रमकै आधारमा अहिले पनि जापानी भाषा सिकाउने गरिएको छ।
भक्तपुरस्थित एउटा जापानी भाषा सिकाउने संस्थासँग आबद्ध शिक्षिका शोभा जतीका अनुसार हाल जापानी भाषा सिक्न आउनेहरुको सङ्ख्या ह्वात्तै बढेको छ।
भाषा सिक्न आउनेहरूले कामदारका रूपमा जापान जान आवश्यक पर्ने पाठ्यक्रमबारे सोध्ने गरे पनि आफूहरूले पहिलेकै शैलीमा भाषा सिकाउने गरेको उनी बताउँछिन्।
उनले भनिन्, जापानमा नेपालीले रोजगारी पाउने विषयका समाचारहरू बाहिर आएपछि भाषा सिक्नेहरूको सङ्ख्या बढिरहेको छ। हामीले समाचारमा आए अनुसारकै भाषा सिकाइरहेका छौँ। तर कतिपयले भाषा सिकाइका नाममा ठगी हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन्।
दुई महिनाअघि नेपाल र जापानबीच कामदार लैजानेबारे पहिलो चरणको सहमति भएको थियो। श्रम मन्त्रालयका अनुसार यसबीचमा सम्झौताको खाकाबारे छलफलहरू भएपनि हालसम्म नयाँ सम्झौता हुन सकेको छैन।
श्रमसचिव महेश दाहालका अनुसार जापानी भाषाको परीक्षा र कामदारको दक्षताबारे प्रश्न उठ्न थालेपछि त्यसको स्पष्ट खाका पठाउन जापानलाई पत्राचार गरिएको छ। विगतमा विद्यार्थीको रूपमा जापान जानेहरुले आधारभूत मानिने पाँचौ तहसम्मको भाषापरीक्षा दिने गरेका थिए कामदारका लागि भने चौथो तह सम्मको भाषापरीक्षा पर्याप्त हुने ठानिएको छ।
अधिकारीहरूका अनुसार जापानसँगको सहमतिअनुसार अर्को महिनाबाट नै नेपाली कामदार जापान जाने प्रक्रिया सुरु हुनेछ। तर त्यसको लागि भाषाको स्तर र सीपबारे आवश्यक तयारी भइरहेको छैन।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल आयल निगममा जागिर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
जागिर खाँदै इन्जिनियर बन्नेहरूका लागि नेक विडिएच
भदौ १८, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार